वर्ल्ड लिंकले हार्‍यो मुद्दा, सरकारलाई २ अर्बभन्दा बढी रोयल्टी तिर्नुपर्ने « Khabarhub

वर्ल्ड लिंकले हार्‍यो मुद्दा, सरकारलाई २ अर्बभन्दा बढी रोयल्टी तिर्नुपर्ने


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले रोयल्टी विवादसम्बन्धी मुद्दा हारेको छ ।

२ अर्बभन्दा धेरै रोयल्टी तिर्नु नपर्ने गरी कानुनी उपचारमा गएको वर्ल्ड लिंकको रिटलाई सर्वोच्च अदालतले आइतबार खारेज गरिदिएको छ। यससँगै अब वर्ल्ड लिङ्कले सरकारलाई २ अर्बभन्दा धेरै रोयल्टी बापदको रकम तिर्नुपर्ने भएको छ ।

सर्वोच्चका न्यायाधीशहरू हरि प्रसाद फुँयाल र नहकुल सुवेदीको संयुक्त इजलासले २०७६ मंसिर २३ गते, २०७७ असार ७ र २०७७ असार २४ गते दायर गरिएका तीनवटै रिट खारेज गरिदिएको हो ।

अब इन्टरनेट सेवाप्रदायक वर्ल्ड लिङ्कले सरकारलाई उक्त रोयल्टी तिर्ने मात्रै विकल्प बचेको छ । अदालतले रिट खारेजसँगै वर्ल्ड लिङ्कले मर्मत सम्भार शुल्क वापदको सबै रोयल्टी तिर्नुपर्ने भएको छ ।

सर्वोच्चमा मुद्दा हारेपछि अब सरकारको अध्ययन समितिको प्रतिवेदनअनुसार वर्ल्ड लिंकले मात्रै साढे २ अर्ब रुपैयाँ रोयल्टी तिर्नुपर्ने छ ।

उक्त कर नतिर्ने बाटो खोज्दै उक्त कम्पनी सर्वोच्च अदालत पुगेको थियो । यस निर्णयसँगै अब सरकार र इन्टरनेट सेवा प्रदायकबीचको कर विवाद पनि टुंगिएको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ६ : ०१ बजे

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको