कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

बागलुङ– कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका-४ घर भई हाल कपिलबस्तुको बाँणगंगा नगरपालिका-७ बस्ने ५१ वर्षकी दुर्गा गौतम भन्ने दुर्गा आचार्य र उनकै सहोदर बहिनी ४६ वर्षीय पार्वती आचार्य रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले दुवैलाई वैशाख २२ गते कपिलबस्तुकै बाँणगंगा स्थित बनगाई भन्ने स्थानबाट पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

बागलुङ प्रहरीका सूचना अधिकारी विजय यादवका अनुसार उनीहरूलाई जिल्ला अदालतमा पेश गरेकोमा अदालते कारागार चलान गरेको जनाएको छ । फैसला कार्यान्वयनका लागि अदालतले आदेश दिएपछि दुवै जनालाई प्रहरी हिरासतबाट कारागार पठाइएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ६ : १२ बजे

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’