अल्पमतमा जसपा नेतृत्वको मधेस सरकार, अब लोसपा र जनमतसहितको अर्को गठबन्धन « Khabarhub

अल्पमतमा जसपा नेतृत्वको मधेस सरकार, अब लोसपा र जनमतसहितको अर्को गठबन्धन


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस सरकारबाट प्रमुख घटकहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिएसँगै मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् ।

यसअघि १ सय ७ सदस्य प्रदेशसभा सदस्यहरु मध्ये ६१ प्रदेशसभा सदस्यहरुको विश्वास पाएका मुख्यमन्त्री यादव नेतृत्वको सरकारबाट एमाले र माओवादी आइतबार बाहिरिएसँगै उनी अल्पमतमा परेका हुन् ।

मधेस सरकार अल्पमतमा परेपछि जसपा नेपालबाहेकका नेकपा एमाले, माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर नयाँ सरकारको तयारी थालेका छन् ।

यी दलहरूबीच आगामी सरकार निर्माणका लागि छलफल भएपछि मात्रै एमाले र माओवादी सरकारबाट बाहिरिएर समर्थन पनि फिर्ता लिएका थिए ।

उक्त बैठकमा मन्त्रालयको भागबण्डाबारे समेत कुराकानी भएको श्रोतले जनाएको छ ।

सरकार अल्पमतमा परे पनि मुख्यमन्त्री यादवले बहुमत साबित गर्न अब ३० दिनको समय पाउने छन् ।

तर उता माओवादी केन्द्रले भने सरकार अल्पमतमा परिसकेकाले नैतिकताका आधारमा सत्ताबाट बाहिरिन जसपा नेपाललाई आग्रह गरेको छ ।

मधेश प्रदेशमा १०७ सांसद छन् । जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । उनीबाहेक लोसपाका ८, एमालेका २५, माओवादीका ९ र जनमतका १३ जोड्दा ५५ पुग्छ । यहाँ सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ ।

यता मुख्यमन्त्री यादव भने मन्त्रिपरिषद् पुनर्गठन तयारीमा जुटेका छन् । उनले विश्वासको मत सामना गर्ने मनस्थितिसाथ अगाडि बढने भन्दै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जसपा स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ६ : ३३ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले