बालबालिकालाई कति समय मोबाइल/टिभी हेर्न दिने ? « Khabarhub

बालबालिकालाई कति समय मोबाइल/टिभी हेर्न दिने ?


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


23.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय मोबाइल फोन ल्यापटप बिना बस्न सक्ने कोही भेटिँदैन होला । यो समयमा इन्टरनेट, मोबाइल, ट्याब्लेट लगायतका ग्याजेटबाट जुनसुकै उमेरका व्यक्ति पनि अछुतो छैनन् । यसलाई कसरी सदुपयोग गरेर चलाउने भन्ने ज्ञान हुने उमेरको मान्छेको लागि त ठिकै छ तर यस्तो केही ज्ञान नभएका बालबालिकालाई भने यसबाट हुन सक्ने दीर्घकालीन असरको डर हुने चिकित्सकहरू बताउँछन् ।

अहिले प्राय: अभिभावका लागि बच्चाहरूको स्क्रिन हेर्ने बानी ठुला समस्या बनेको छ । बालबालिका र आँखा दुवै संवेदनशील विषयवस्तु भए पनि बच्चाहरूमा रहेको स्क्रिन हेर्ने लत छुटाउन अभिभावकलाई ठुलो चुनौती बनेको छ । अहिले बच्चा मोबाइलमा एकोहोरो हुने र सामाजिक कार्यमा घुलमिल नहुने धेरै अभिभावकहरूको गुनासो पनि छ । त्यसकालागि दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई स्क्रिनसँग परिचित गराउन नहुने  चिकित्सकहरू बताउँछन् ।

२ वर्ष भन्दा माथिका बालबालिकालाई स्क्रिन देखाउनै परे दिनमा ४५ मिनेट भन्दा बढी नदेखाउने । अनलाइन कक्षा भए पनि सीमित समयमा मात्र स्क्रिनमा राख्ने ।

स्क्रिनबाट यसरी आफ्ना बालबालिका टाढा राख्नुहोस् : 

– अनलाइन कक्षामा भए बेलाबेलामा ब्रेक लिन लगाउनु पर्दछ ।

– बच्चालाई नजिकबाट स्क्रिन हेर्न नदिने । मोबाइल तथा टेलिभिजन टाढा राखेर हेर्न दिने ।

–  कम्तीमा ३० देखि ४० सेन्टिमिटरको दूरीमा स्क्रिन राख्ने ।

– स्क्रिनबाट टाढा राख्न बच्चालाई घरको बार्दली, छतमा केही बेर खेल्न दिने वा काम लगाउनु पर्दछ ।

– आँखामा समस्या नआउँदै गाँजर, सागपात, आँप जस्ता पहेँलो फलफूल र हरियो सागपात खान दिनुपर्दछ ।

– बालबालिकालाई स्क्रिन टाइम कसरी कम गर्न सकिन्छ भन्नेमा अभिभावकको जोड हुनु पर्दछ ।

– विद्यालय वा शिक्षकले पनि बच्चालाई प्रोजेक्ट वर्क दिँदा कम्प्युटर बेसमा भन्दा बाहिरको वातावरण सम्बन्धित गर्न लगाउने गर्नु पर्दछ ।

– स्क्रिनमा बसेर गर्नुपर्ने होमवर्क शिक्षकले पनि दिनु हुँदैन ।

– अभिभावकहरूले बच्चाको आँखा बेलाबेलामा जाँच गराइराख्नुपर्छ ।

धेरै समयसम्म स्क्रिनमा हेरिरहँदा यसले आँखा झिम्काउने संख्यालाई कम हुन्छ र आँखा सुख्खा बन्छ यसले आँखा चिलाउने, पोल्ने, रातो हुने हुन्छ । अझ बन्द कोठामा लामो समय बसिराख्दा टाउको धेरै दुख्छ । त्यसैले यसबारे अभिभावक सचेत बन्नु पर्दछ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ३ : २९ बजे

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँ : संयोजक दाहाल

त्रिवेणी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं- सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका

‘सरकारको नीतिले ठूलो सामाजिक समस्या निम्तिएर ५० लाख मानिस गरिब हुँदैछन्’

काठमाडौं- नेकपा (एमाले)का महामन्त्री शंकर पोखरेलले लालपूर्जा नभएका नागरिकलाई हटाउने

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण