बजेटमा जलन उपचार कोषको व्यवस्था हुनुपर्छ : सांसद  कंसाकार « Khabarhub

बजेटमा जलन उपचार कोषको व्यवस्था हुनुपर्छ : सांसद  कंसाकार


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दबासिनी कंसाकारले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा जलन उपचार कोषको व्यवस्था गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले जलनको उपचार र जलनपीडित आगामी आवको बजेटको प्राथमिकतामा नपरेको भन्दै जलन उपचार कोषको व्यवस्था हुनुपर्ने माग गरिन्।

सदनमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद कंसाकारले जलनपीडितलाई अन्य दीर्घरोग, मिर्गौला र क्यान्सरका बिरामीलाई सरह स्रोत साधन र अस्पतालको व्यवस्था गर्न माग गरिन् ।

प्रधानमन्त्रीले कैयौँ पटक जलन अस्पताल खोल्ने कुरा गरे पनि बजेटको प्राथमिकतामा पर्न नसक्दा यसले देशभरका जलनपीडितलाई सान्त्वनासम्म दिन नसकेको सांसद कंसाकारले बताइन्।

सांसद कंसाकारले देशभर जलन अस्पताल पर्याप्त नभएको बताइन् । जलनको उपचार केन्द्रमा सीमित र महङ्गो उपचार शुल्कतर्फ समेत ध्यान दिनुपर्ने भन्दै उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन्। 

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ४ : ०३ बजे

कमिसन घटाउन र उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर निर्धारण गर्न माग

कक्षा ८ पूरा गर्न नसकेका बालबालिकालाई वैकल्पिक शिक्षा दिँदै कनकाई नगरपालिका

भद्रपुर– कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय

कांग्रेस पूर्वसभापति देउवा साउन २८ गते इतर पक्षको भेलामा सहभागी हुने

काठमाडौं– २८ गते कांग्रेस संस्थापन इतरले गर्न लागेको बेलामा पूर्वसभापति

गंगालाल हृदय केन्द्रको निर्देशकमा प्राडा आशिष गोविन्द अमात्य नियुक्त

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्राडा आशिष गोविन्द

इरान समर्थित हुथी विद्रोहीद्वारा यमन र साउदी अरबमा एकसाथ ठूलो हमला

तेहरान- इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरबमा