गण्डकीमा ‘फ्लोर क्रस’ : माओवादीले देवकोटालाई सोध्यो २४ घण्टे स्पष्टीकरण « Khabarhub

गण्डकीमा ‘फ्लोर क्रस’ : माओवादीले देवकोटालाई सोध्यो २४ घण्टे स्पष्टीकरण


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

पोखरा- ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

नेकपा मा‌ओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले पार्टीद्वारा जारी ह्वीप उलंघन र दलको विधानविपरीत गरेका २४ घण्टे स्पष्टीकरण सोधिएको खबरहबलाई बताइन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को निर्वाचनमा गोरखाबाट माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका हुन् ।

तर उनले कांग्रेस दलका नेता पाण्डेलाई विश्वासको मत दिँदा माओवादीको ह्वीप पालना गरेका थिएनन् । ह्वीप उलंघन गर्दै ‘फ्लोर क्रस’ गरेका देवकोटा तत्कालै गण्डकीको ऊर्जा तथा जलश्रोत मन्त्री भइसकेका छन् ।

प्रमुख सचेतक बुढाका अनुसार मन्त्री भइसकेका देवकोटालाई बुधबार साँझ ७ बजेसम्म लिखित जवाफ दिन निर्देशनसहित स्पष्टीकरण सोधिएको हो ।

‘पार्टी केन्द्रको समेत परामर्शमा देवकोटासँग स्पष्टीकरण सोधेका छौँ, बुधबार साँझ ७ बजेसम्मलाई समय दिएका छौँ’, उनले भनिन्, ‘देवकोटामाथि कारबाही प्रक्रिया अघि बढेको छ । आज साँझसम्म स्पष्टीकरणको प्रतिक्षामा छौँ। त्यसपछि थप निर्णय लिन्छौँ ।’

देवकोटा माओ‌वादीको चुनाव चिह्नबाट विजयी भएका हुन् । तर निर्वाचन आयोगको उम्मेदवार र विजयीहरूको सूचीमा देवकोटाको नाम नेपाल समाजवादी पार्टी भनेरै उल्लेख गरिएको छ । उता गण्डकी प्रदेश सभा सदस्यको सूचीमा भने उनको नाम नेकपा माओ‌वादी केन्द्रका सांसदका रुपमा छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ६ : १३ बजे

बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग

नेपालगञ्ज–  बाँकेमा इजाजत प्राप्त ७५ थान हातहतियार प्रहरी समक्ष बुझाइएको छ

आज ‘चकलेट डे’ : चकलेट दिएर माया आफ्नो बनाउनुहोस्

काठमाडौं– आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे । भ्यालेन्टाइन

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल

बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१–८२’ को नतिजा

कल सेन्टरमा मतदाता सोध्छन्- राष्ट्रिय परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?

काठमाडौं- के तपाईंसँग मतदाता परिचयपत्र बनाउने, मतदान क्षेत्र परिवर्तन गर्ने,