वीरगन्जका गोदाममा सशस्त्र प्रहरीको छापा, ४४ लाख बढीको सामान बरामद « Khabarhub

वीरगन्जका गोदाममा सशस्त्र प्रहरीको छापा, ४४ लाख बढीको सामान बरामद


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – पर्साबाट सशस्त्र प्रहरीले ४४ लाख भन्दा धेरै रकम पर्ने अवैध सामान बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायत विरगञ्जका विभन्न स्थानबाट मंगलबार राति सशस्त्र प्रहरीले अवैध गोदाममा छापा मारेर ४४ लाख बढीको अवैध सामान नियन्त्रणमा लिएको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा टोलिले विरगञ्ज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितीमा अवैध रुपले राखिएको गोदाममा छापा मारेर सोन्दर्य क्रिम, मुङ दाल, मोटर पार्टपुर्जा तथा अन्य अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्राण्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्राण्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेको छ ।

यस्तै मानिस सोही स्थानको एक घरमा अवैध रुपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको छ ।

सार्थ महानगरपालिका–१० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्टपुर्जा र १० लाख ७५ हजार मुल्य बराबरको किराना सामान समेत बरामद गरेको छ ।

बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ९ : १३ बजे

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर