प्रचण्डको गुनासो : काग्रेससँगको सहमतिबारे ओलीले ढाँटे, देउवाले हस्ताक्षर गरिसक्यौँ, सरी भने « Khabarhub

प्रचण्डको गुनासो : काग्रेससँगको सहमतिबारे ओलीले ढाँटे, देउवाले हस्ताक्षर गरिसक्यौँ, सरी भने


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार १७ गते मध्यराति दुई ठूला दलहरुबीच भएको सहमतिबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढाँटेको खुलासा गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्नुअघि आफ्नो धारणा राख्दै उनले नेपाली कांग्रेससँग सहमति गरिसकेपछि पनि ओलीले आफूलाई सहमति नभएको भन्दै ढाँटेको खुलासा गरेका हुन् ।

प्रचण्ड अभिव्यक्ति :

‘दुई दलको सहमति भइसक्यो । हस्ताक्षर भइसक्यो । म त्यो कथा सबै कथा अहिले भन्न चाहन्न । १७ गते राति सहमति भइसकेपछि १८ गते बिहान आएर नेकपा एमालेका अध्यक्ष आएर भन्नुहुन्छ, भएकै छैन भन्नुभयो । म कान्तिपुर देखाउँछु, यी फोटो आइसकेको छ, तपाईं र शेरबहादुरजीले हस्ताक्षर गरेको, के कुरा गरेको तपार्इंले ?’, उनले सोधे, ‘कहिलेको फोटो रहेछ भन्नुभयो उहाँले । ढाँटछलको पनि एउटा सीमा हुन्छ नि । अनि शेरबहादुरजीलाई फोन गरेर तीन वटा पार्टी बस्ने हो, अनिमात्र के गर्ने हो गर्ने हो भन्नुहुन्छ उहाँले राष्ट्रिय सहमति ।’

उनले त्यसबेला नेपाली कांग्रेसका सभापतिलाई फोन गर्दा नलागेको बताए । ‘तत्काल देउवाजीलाई फोन लागेन । एकछिन पछि लाग्यो । के हो, एमाले अध्यक्षले त सहमति भएको छैन, तीनटा नेता बसेर टुंग्याउने भन्दै हुनुहुन्छ मलाई दिउँसो ४ बजे’, मैले सोधेँ, ‘अनि सभापतिले मलाई भन्नुभयो, होइन सहमति भइसक्यो, हस्ताक्षर भइसक्यो । म ढाँट्न जान्दिन, सरी । र, यो तीनटा बस्न आवश्यक छैन । तीनटा बसेर अब के गर्नु ? भइसक्यो, भइसक्यो भन्नुभयो उहाँले आफ्नो शैलीमा । यस्तो तरिका अपनाउनु पर्छ ? दुईटा ठूल्ठूला दलहरुले ?’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : ३३ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था