यस्तो छ प्रधानमन्त्रीले संसद्‍मा दिएको साढे ६ हजार शब्दको जवाफ (पूर्णपाठ) « Khabarhub

यस्तो छ प्रधानमन्त्रीले संसद्‍मा दिएको साढे ६ हजार शब्दको जवाफ (पूर्णपाठ)

साना दलहरूको अस्तित्व समाप्त पार्न खोजेको आशंका


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्नु आग्रह गरेका छन् ।

समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै उनले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्प संख्यकलाई सम्मान गर्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गरे ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिवाद र प्रतिरोधको पहल भएको स्पष्ट पारे ।

‘साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल ? त्यो तरिकाले पाउँछ जनताको स्वीकार्यता ? राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रलाई किनारा लगाएर सम्भव छ संविधान संशोधन ?’, उनले भने।

स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्ने षड्यन्त्रको गन्ध आएको उल्लेख गर्दै प्रधानमन्त्रीले अस्थिरताको कारण देखाएर समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त पार्न खोजेको आशंका पनि जनाए ।

‘संविधान संशोधन नै गर्ने हो भने आउनुस्, खुला छलफल गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । दलित र महिलाको प्रतिनिधित्व अझै बढाएर जाउँ । उत्पीडित जाति, वर्ग र समुदायका अधिकारलाई अझ सुरक्षित गरौं,’ प्रधानमन्त्रीले भने, ‘विपन्न वर्गको राज्यसंरचनामा प्रतिनिधित्व बढाऔं । महिला, उत्पीडित वर्ग, जाति र क्षेत्रको सम्मानजनक प्रतिनिधित्व यो संविधानको आत्मा हो । यसलाई खोसेर फेरी महिला, दलित आदिवासी जनजाति, मधेसी थारु र मुस्लिमलगायत धार्मिक अल्पसंख्यकलाई पहिले जस्तै राज्यका निकायमा प्रतिनिधित्वविहिन बनाउने षड्यन्त्र किमार्थ सफल हुनेछैन ।’

प्रधानमन्त्रीले संशोधनका नाममा कसैको अधिकार खोस्न नहुने बताए । ‘हिजो जसको प्रतिनिधित्व केवल प्रतीकात्मक र निरंकुश शासकहरूको दयामा निर्भर थियो, आज त्यो सुनिश्चित र अधिकारपूर्ण छ । हिजो महिला प्रतिनिधित्व राज्य र दलहरूको विमर्शको विषयसम्म थिएन, आज केन्द्र र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व संविधानबाटै सुनिश्चित भएको छ ।’

उनले विश्वासको मतको प्रस्ताव प्रतिरोध भएको पनि बताए । ‘महिला, दलित, आदिवासी जनजाति माननीयज्यूहरू, सङ्ख्या पुगोस नपुगोस्, इतिहासमा तपाईंहरूको भूमिका दर्ज होस् भनेर पनि मैले विश्वासको मतको अधिकारको प्रयोग गरेर प्रतिगमनविरूद्ध प्रतिरोध सुरू गरेको हुँ,’ उनले भने, ‘यो सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो । साथ दिने नदिने तपाईहरूको विवेकको विषय भयो तर मलाई जनताप्रति भरोसा छ, जनताको साथ प्राप्त हुनेछ ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : ४८ बजे

कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन

विराटनगर– कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता

सचिवालयको स्पष्टीकरण : वृद्ध प्रधानमन्त्रीलाई २४ घण्टा सहयोग गर्न दम्पतीको नियुक्ति !

काठमाडौं – प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको सचिवालयमा श्रीमान श्रीमती नियुक्तिको

तस्बिरमा हेर्नुहोस्, जनकपुर र विराटनगरबीचको प्रतिस्पर्धा

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स

उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु

एजेन्सी– उत्तरपश्चिमी पाकिस्तानमा सोमबार बिहान दुई आत्मघाती बम हमलाकारीले सुरक्षा

शेख हसिनाको सुपुर्दगीका लागि ढाकाले गर्‍यो दिल्लीसँग पुनः औपचारिक आग्रह

ढाका– अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणबाट मृत्युदण्डको