तनहुँका घाँसखेती गर्ने ३७ किसानलाई अनुदान « Khabarhub

तनहुँका घाँसखेती गर्ने ३७ किसानलाई अनुदान


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको भानु नगरपालिकाले पशुपालक ३७ जना किसानलाई घाँसखेती अनुदान प्रदान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजार रुपैयाँका दरले किसानलाई अनुदान वितरण गरिएको हो ।

पशुपालक ३७ जना किसानले एक सय ८५ रोपनी क्षेत्रफलमा घाँसखेती गरेबापत कुल पाँच लाख ५५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको पशु विकास शाखाका प्राविधिक अमित ढुङ्गानाले बताए । नगरपालिकासँगको समन्वयमा पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँसखेती गर्ने, दुग्ध उत्पादन गर्ने र मासुका लागि पशुपालन गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिएको हो ।

‘घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत किसानले नयाँ प्रजातिका डाले तथा भुँइघाँस विस्तार गरेका छन्’, ढुङ्गानाले भने, ‘यस कार्यक्रमले  पशुपालन क्षेत्रमा घाँसको परिपूर्ति गरी उत्पादन लागतमा कमी आउने अपेक्षा गरेका छौँ ।’

नगरले दुग्ध उत्पादनको आधारमा अनुदान वितरण थालेको छ । नगरभित्रका दुई वटा दुग्ध उत्पादन सहकारीमार्फत चार लाख २० हजार रुपैयाँ रकम अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । उनका अनुसार उत्पादनको आधारमा प्रदान गरिएको अनुदानले किसानलाई हौसला प्रदान गरेको छ ।

प्रशासकीय अधिकृत पौडेलले भने, ‘किसानलाई प्रतिलिटर तीन रुपैयाँका दरले अनुदान दिएका छौँ । यसले पशुपालक किसानलाई हौसला प्रदान गरेको हामीले विश्वास लिएका छौँ ।’ किसानको माग र आवश्यकताका आधारमा अनुदान थप गर्दै जाने उनले बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : ५४ बजे

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र