तनहुँका घाँसखेती गर्ने ३७ किसानलाई अनुदान « Khabarhub

तनहुँका घाँसखेती गर्ने ३७ किसानलाई अनुदान


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको भानु नगरपालिकाले पशुपालक ३७ जना किसानलाई घाँसखेती अनुदान प्रदान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजार रुपैयाँका दरले किसानलाई अनुदान वितरण गरिएको हो ।

पशुपालक ३७ जना किसानले एक सय ८५ रोपनी क्षेत्रफलमा घाँसखेती गरेबापत कुल पाँच लाख ५५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको पशु विकास शाखाका प्राविधिक अमित ढुङ्गानाले बताए । नगरपालिकासँगको समन्वयमा पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँसखेती गर्ने, दुग्ध उत्पादन गर्ने र मासुका लागि पशुपालन गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिएको हो ।

‘घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत किसानले नयाँ प्रजातिका डाले तथा भुँइघाँस विस्तार गरेका छन्’, ढुङ्गानाले भने, ‘यस कार्यक्रमले  पशुपालन क्षेत्रमा घाँसको परिपूर्ति गरी उत्पादन लागतमा कमी आउने अपेक्षा गरेका छौँ ।’

नगरले दुग्ध उत्पादनको आधारमा अनुदान वितरण थालेको छ । नगरभित्रका दुई वटा दुग्ध उत्पादन सहकारीमार्फत चार लाख २० हजार रुपैयाँ रकम अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । उनका अनुसार उत्पादनको आधारमा प्रदान गरिएको अनुदानले किसानलाई हौसला प्रदान गरेको छ ।

प्रशासकीय अधिकृत पौडेलले भने, ‘किसानलाई प्रतिलिटर तीन रुपैयाँका दरले अनुदान दिएका छौँ । यसले पशुपालक किसानलाई हौसला प्रदान गरेको हामीले विश्वास लिएका छौँ ।’ किसानको माग र आवश्यकताका आधारमा अनुदान थप गर्दै जाने उनले बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : ५४ बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका