प्रचण्डले प्रधानमन्त्री बनेर रोष्टममा नफर्किने निष्कर्षसहित बोल्नुभयो : योगेश भट्टराई « Khabarhub

प्रचण्डले प्रधानमन्त्री बनेर रोष्टममा नफर्किने निष्कर्षसहित बोल्नुभयो : योगेश भट्टराई


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद योगेश भट्टराईले देश र जनताको निराशा चिर्न दुई ठूला दलहरूले कठोर निर्णय लिनुपरेको बताएका  छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले दुई ठूला दल मिल्नै पर्ने बाध्यता आइपरेकोले कठोर निर्णय लिनुपरेको बताएका हुन् ।

‘सामान्यतया संसदका दुई वटा प्रमुख दल मिलेर सरकार बनाउने कुरा हुन्न । तर, यो देश बचाउन र जनताको निराशा चिर्न दुई ठूला दललाई आइलागेको बाध्यता हो,’ एमाले सचिवसमेत रहेका भट्टराईले भने, ‘देश र जनताका लागि यो बाध्यात्मक तर कठोर निर्णयमा पुग्नुपरेको हो । हामी कांग्रेस र एमालेले देशको ऐतिहासिक आवश्यकताले सहमति गर्‍यौँ ।’

उनले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ सुनेर आश्चर्य लागेको पनि बताए ।

‘प्रधानमन्त्रीको भाषण सुनिरहँदा सायद यो रोष्टममा प्रधानमन्त्रीको हैसियतले भाषण गर्ने दिन फर्किन्न कि भन्ने निष्कर्षका साथ भाषण गर्नुभयो,’ भट्टराईले भने, ‘अब प्रधानमन्त्री कहिल्यै हुन्न भन्ने निष्कर्षसहित माया मारेर रोष्टमबाट भाषण गरिरहनु भएको महसुस गराउनुभयो । उहाँ एउटा दलको अध्यक्ष पनि हुनुहुन्छ । यसरी भाषण गर्दा त्यो ख्याल गर्नुपर्थ्यो ।’

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भूमिका निर्णायक रहेको पनि स्मरण गराए ।

‘आज संसद्को अग्रभागमा माननीय केपी शर्मा ओली बस्नुभएको छ । उहाँ १२ बुँदे सम्झौताको एक जना मस्यौदाकार हो । उहाँको भूमिका निकै ठूलो छ,’ सांसद भट्टराईले भने, ‘अर्का माननीय शेरबहादुर देउवा बस्नुभएको छ । उहाँलाई थुनामा राखिएको थियो ।  उहाँले त्यही थुनाबाटै हस्ताक्षर गर्नुभएको होइन र ? यो यथार्थलाई कसरी बिर्सन सकिन्छ ?’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : ०७ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा