मेटमणिले प्रचण्डलाई सान्त्वना दिँदा देउवा मुस्कुराए, खड्काले छुटाए हाँसोको फोहरा « Khabarhub

मेटमणिले प्रचण्डलाई सान्त्वना दिँदा देउवा मुस्कुराए, खड्काले छुटाए हाँसोको फोहरा


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई परिस्थिति जस्तो भए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दोषी नदेख्न सुझाएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा उनले प्रचण्डलाई कांग्रेस सभापति देउवासँगको सम्बन्ध  सन्तुलनमा राखिरहन सुझाएका हुन् ।

‘परिस्थिति जस्तो भए पनि कांग्रेस सभापतिलाई तपाईं कत्ति पनि दोषी नदेख्नुहोला,’ सांसद चौधरीले भने, ‘उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला ।’

उनले आजका मितिदेखि चार महिनामै राजनीतिक परिस्थिति प्रचण्डको अनुकूलमा आइपुग्ने पनि जिकिर गरे ।

‘चार महिनामै परिस्थिति अनुकूल भइ त हाल्छ । हन्ड्रेड पर्सेन्ट,’ चौधरीले भने, ‘केबल चार महिना आजको दिन, आजको मितिदेखि गनेरै बसौँ । चार महिनामा परिस्थिति तपाईंकै अनुकूल र पक्षमा हुन्छ ।’

एकीकृत समाजवादीका सांसद चौधरीले यसो भनिरहँदा संसद्‍मा रहेका कांग्रेस सभापति देउवा मुसुमुसु हाँसिरहेका थिए। उता कांग्रेस उपसभापति पूर्णबहादुर खड्का हाँसोको फोहरा नै छुटाइरहेका थिए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : ५६ बजे

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी