बाढीपहिरोबाट सम्पर्कविहीन भएकाको खोजी तीव्र बनाउन किसान महासङ्घको माग « Khabarhub

बाढीपहिरोबाट सम्पर्कविहीन भएकाको खोजी तीव्र बनाउन किसान महासङ्घको माग


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल किसान महासङ्घले अविरल वर्षाका कारण सम्पर्कविहीनको खोजी तीव्र बनाउन र पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ ।

महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले आज विज्ञप्ति जारी गरी पीडितका लागि उचित बसोबास, घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत व्यवस्था मिलाउन माग गरेका हुन् । महासङ्घका सबै तहलाई राहत तथा उद्धारमा खट्न निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा दुई वटा बस दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गर्दै महासङ्घले यस्तो अवस्था नआउने गरी काम गर्न  सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : १९ बजे

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा