फिल्म ‘माइली’ मा कुशुम अनुबन्ध « Khabarhub

फिल्म ‘माइली’ मा कुशुम अनुबन्ध


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रकाश सपुतको गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुशुम शर्मा ‘माइली’ फिल्ममा अनुबन्ध भएकी छन् । निर्माण पक्षसँग उनको लिखित सम्झौता भइसकेको छ ।

निर्माण पक्षले शुक्रबार कुशुमको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा उनलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।

कुशुमको अनुबन्धसँगै फिल्मका लागि कलाकारको लाइनअप पूरा भएको छ । यसअघि नै  ‘माइली’ अभिनेतृ करिश्मा मानन्धर र प्रियंका कार्की अनुबन्ध भइसकेका छन् । यसै फिल्मबाट बाल गायिका कमला घिमिरेले पनि ठूलो पर्दामा ‘डेब्यू’ गर्ने बताइएको छ ।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने यस फिल्म बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहनेछ । उनका अनुसार ‘माइली’ सत्य घटनामा आधारित महिलाको पीडा देखाउने फिल्म हो ।

फिल्मबारे बलामी भन्छन्, ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाज जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ ।’

असारको अन्तिमबाट छायांकन निस्कने तयारीमा निर्माण पक्ष रहेको छ । फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिने बताइएको छ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ६ : २६ बजे

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि