फिल्म ‘माइली’ मा कुशुम अनुबन्ध « Khabarhub

फिल्म ‘माइली’ मा कुशुम अनुबन्ध


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रकाश सपुतको गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुशुम शर्मा ‘माइली’ फिल्ममा अनुबन्ध भएकी छन् । निर्माण पक्षसँग उनको लिखित सम्झौता भइसकेको छ ।

निर्माण पक्षले शुक्रबार कुशुमको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा उनलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।

कुशुमको अनुबन्धसँगै फिल्मका लागि कलाकारको लाइनअप पूरा भएको छ । यसअघि नै  ‘माइली’ अभिनेतृ करिश्मा मानन्धर र प्रियंका कार्की अनुबन्ध भइसकेका छन् । यसै फिल्मबाट बाल गायिका कमला घिमिरेले पनि ठूलो पर्दामा ‘डेब्यू’ गर्ने बताइएको छ ।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने यस फिल्म बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहनेछ । उनका अनुसार ‘माइली’ सत्य घटनामा आधारित महिलाको पीडा देखाउने फिल्म हो ।

फिल्मबारे बलामी भन्छन्, ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाज जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ ।’

असारको अन्तिमबाट छायांकन निस्कने तयारीमा निर्माण पक्ष रहेको छ । फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिने बताइएको छ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ६ : २६ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको