नेपालमा डेंगुबाट २ जनाको मृत्यु, सङ्क्रमण बढ्दै  | Khabarhub Khabarhub

नेपालमा डेंगुबाट २ जनाको मृत्यु, सङ्क्रमण बढ्दै 


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालमा पछिल्लो समय डेंगुको सङ्क्रमण बढ्दो छ । 

डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ ।

हालसम्म २ जनाको डेंगु संक्रमणबाट मृत्यु भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगु संक्रमणबाट झापामा एक महिला र तनहुँमा एक पुरुषको मृत्यु भएको हो ।

 केही दिनअघि डेंगु संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको थियो भने त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनि डेंगु सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय भन्दा धेरैमा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । नेपालका ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै दुई सय ८७ जनामा डेंगी सङ्क्रमण देखिएको छ । 

सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु सङ्क्रमण भएकोमा २० जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०२२ मा ५४ हजार ७८४ जनामध्ये ८८ जनाको मृत्यु भएको थियो ।

डेंगु विशेषगरी  लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाडाकुडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरूलाई पूर्ण रुपमा विस्थापित गर्न सके केही कम हुने स्वास्थ्यकर्मीहरूको सल्लाह दिएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १ : ०२ बजे

युवासंघका झापा जिल्ला इन्चार्जसहित तीन जनामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

काठमाडौं- राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङ्देम्बे

सरकारलाई जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका प्रभावकारी हुनुपर्छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन

विश्वको अधिकांश जनसङ्ख्याले प्रदूषित हावा सास फेर्छ : प्रतिवेदन

बेङ्गलुरु– विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल १७

‘लाज शरणम’ हेरेपछि बालेनले गरे धुर्मुसको प्रशंसा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हाल हलहरूमा प्रदर्शनरत चलचित्र

स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर