भारतीय विदेशसचिवसँग गृहमन्त्रीले भने- नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ « Khabarhub

भारतीय विदेशसचिवसँग गृहमन्त्रीले भने- नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै विदेश सचिव मिस्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा विश्वस्त रहेको बताए ।

भारत-नेपाल सुरक्षा, पूर्वाधार, ऊर्जा, जलश्रोतलगायतका क्षेत्रमा महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिसहित पूर्वाधार निर्माणमा पुर्‍याएको सहयोगका लागि विदेश सचिव मिस्रीलाई धन्यवाद दिए ।

गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूकाविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

गृहमन्त्री लेखकले नेपालमा भारतबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाउँदै सीमाक्षेत्रको अपराध र लागूऔषध अवैध कारोबार नियन्त्रणका लागि समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिए ।

भारतीय विदेश सचिव मिस्रीले सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने बताए ।

उनले नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन भारत सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

सचिव मिस्रीले गृहमन्त्री लेखकको कार्यकालको सफलताको शुभकामना दिँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास जनाए ।

सच्याइएको- यसै समाचारको शीर्षकमा विदेशसचिव हुनुपर्नेमा अन्यथा हुन गएकाले सच्याएका छौँ- सम्पादक

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : २५ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,