७१ लाख बढीको सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा « Khabarhub

७१ लाख बढीको सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बारा प्रहरीले वीरगन्जबाट चितवन जाँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ।

भन्सार छलीको आशंकामा प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट सोमबार बिहान राति ना३ख ३९५० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले राति सवा १ बजे उक्त ट्रक नियन्त्रणमा लिएको हो।

उक्त ट्रकमा ७१ लाख ६७ हजार ५३४ रुपैयाँ बराबरको कस्मेटिक, फेन्सी क्लोथ रेडिमेड, मिल पार्ट्सलगायतका खुद्रा सामान थिए।

ट्रक रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान भेटिएको र त्यसको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको सापकोटाले बताए।

ट्रक र चालकलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाइएको सापकोटाले बताए।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : १३ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक