७१ लाख बढीको सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा « Khabarhub

७१ लाख बढीको सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बारा प्रहरीले वीरगन्जबाट चितवन जाँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ।

भन्सार छलीको आशंकामा प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट सोमबार बिहान राति ना३ख ३९५० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले राति सवा १ बजे उक्त ट्रक नियन्त्रणमा लिएको हो।

उक्त ट्रकमा ७१ लाख ६७ हजार ५३४ रुपैयाँ बराबरको कस्मेटिक, फेन्सी क्लोथ रेडिमेड, मिल पार्ट्सलगायतका खुद्रा सामान थिए।

ट्रक रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान भेटिएको र त्यसको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको सापकोटाले बताए।

ट्रक र चालकलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाइएको सापकोटाले बताए।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : १३ बजे

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य