दिनदिनै रेकर्ड तोड्दै बजार, सोमबार नेप्से सूचक २९ सय नाघ्दा २७ अर्ब २९ करोडको कारोबार « Khabarhub

दिनदिनै रेकर्ड तोड्दै बजार, सोमबार नेप्से सूचक २९ सय नाघ्दा २७ अर्ब २९ करोडको कारोबार


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबारमा नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको रेकर्डलाई तोड्दै नेप्सेले सोमबार नयाँ रेकर्ड बनाएको हो ।

आइतबार २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज सोमबार २७ अर्ब २४ करोड २९ लाख ३४ हजारा रुपैयाँ बराबरको कारोबार भएसँगै नयाँ रेकर्ड बनाएको हो ।

नेप्सेले नयाँ रेकर्ड बनाएसँगै बजार पनि सोमबार एकै दिन ७०.८१ अंकले वृद्धि भएको छ । नेप्से २.४७ प्रतिशतले वृद्धि हुँदा नेप्से सूचांक २९३१.६५ मा पुगेको छ ।

प्री-ओपन सेसनमा १३ अंकले बढेर सुरु भएको शेयर बजार बजार खुलेको केही समयमै उकालो लागेको थियो । बजार खुलेको १० मिनेटमा केही तल बजार झरेको भएपनि १२ः०६ सम्म भने बजार उकालो नै लागेको थियो ।

१२:०६ बाट भने बजार झरेर २९ सय तल बजार झरेको थियो । आज ३ पटक २९ सय तल बजार झरेको थियो । अन्त्यमा भने बजार बन्द हुँदा भने बजार २९३० बिन्दुमै बन्द भएको छ । केही दिन देखि बजारले २८ सयको विन्दु पार गर्ने नसकि रहेको अवस्थामा आईतबार २८६० विन्दुमा बजार पुगेकोमा आज २९ सय समेत पार गरेको छ ।

बजारमा उछाल आउँदा आज एकै दिन ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको छ । उच्च कित्ता कारोबार हूँदा १७१ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।

६८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने आज स्थिर रहेको छ ।

उच्च कारोबारसहित शेयर बजारमा उछाल आउँदा पनि इन्भेष्टमेन्ट समूह र उत्पादन समूह राताम्य भएको छ । १३ वटा समूहमा २ समूहको परिसूचक घटे पनि अन्य समूहको परिसूचक भने बढेको छ । इन्भेस्टमेन्ट समूह ०.१९ प्रतिशतले घटेर ११६.५२ बिन्दुमा पुगेको छ भने उत्पादन समूह १.१९ प्रतिशतले घटेर ८२२९.३२ बिन्दुमा पुगेको छ ।

प्रतिशतका आधारमा सोमबार सबैभन्दा बढी जिवन बीमा समूह ५.८५ प्रतिशत र फाइनान्स समूह ४.८१ प्रतिशतले बढेको छ ।

त्यस्तै ट्रेडिङ ४.१३, विकास बैंक ३, हाइड्रो ३.४३, वाणिज्य बैंक २.९५, होटल एण्ड टुरिजम २.९४, लघुवित्त १.०८, म्यूचअल फण्ड ०.९३, निर्जीवन बीमा २.९७ र अन्य समूह १ प्रतिशतले बढेको छ ।

सोमबार ३३९ वटा कम्पनीको शेयर २ लाख ८३ हजार ४७ पटक किनबेच भएको छ । आज १९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप २ कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

शेयर बजारमा उच्च वृद्धिसँगै ब्रोक हाउसमा पनि लगानीकर्ताको भिड बढ्न थालेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : ३२ बजे

साउने सङ्क्रान्ति आज : स्नान, दान र शिव आराधनासहित देशभर मनाइँदै

काठमाडौं – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)

विश्वकप फाइनल हुने रंगशाला धुवाँमय: वायु प्रदुषणको सतर्कता जारी

काठमाडौँ – क्यानडाको डढेलोका कारण निस्किएको बाक्लो धुवाँले विश्वकप २०२६

जीर्ण बाँधका कारण रौतहटका दर्जनौँ बस्ती बाढीको उच्च जोखिममा

चन्द्रपुर-  रौतहट भएर बग्ने वाग्मती र लालबकैया (बकैया) नदीका दुवै किनारमा

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

रसुवा– रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे

मेसी र यामलको भाइरल तस्बिर वास्तविक भएको युनिसेफको पुष्टि: विश्वकपको फाइनलमा प्रतिद्वन्द्वी

काठमाडौँ – सामाजिक सञ्जालमा भाइरल भइरहेको स्पेनका युवा स्टार लामिन