कांग्रेस प्रमुख सचेतकले नै उठाए पार्टीको सिद्धान्तमाथि प्रश्न | Khabarhub Khabarhub

कांग्रेस प्रमुख सचेतकले नै उठाए पार्टीको सिद्धान्तमाथि प्रश्न


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पार्टीको सिद्धान्तमा प्रश्न उठाएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार बोल्ने क्रममा उनले कांग्रेसको सिद्धान्तमा प्रश्न उठाएका हुन् ।

‘नेपाली कांग्रेसको सिद्धान्त के हो ? हामी समाजवादी हौँ कि ‘सोसल डेमोक्र्याटिक’ हौँ ?,’ केन्द्रीय सदस्य घिमिरेले प्रश्न गरे, ‘आज बीपी जीवित हुनुभएको भए के समाजवादको रटान लगाइरहनुहुन्थ्यो ?’

कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवाद आदर्श मान्दै आएको छ । कांग्रेसको विधानको धारा २ (१) मा भनिएको छ, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसका आदर्श हुन् ।’

कांग्रेस ‘सोसल डेमोक्र्याटिक’ पार्टी भएको जिकिरसमेत गरे । संसारका कुनै पनि लोकतान्त्रिक मुलुकले आफूलाई समाजवादी भन्ने नगरेको तर्क गर्दै घिमिरेले भने, ‘हामी र कम्युनिस्टबीचको अन्तर के हो ? कांग्रेसले पनि आफूलाई समाजवादी भनेपछि लगानी कसरी आकर्षित हुन्छ ? कांग्रेस ‘सोसल डेमोक्र्याटिक’ पार्टी नै हो ।’

उनले विश्वबजारीकरण, उदार अर्थतन्त्र, बहुलवादलाई स्वीकारेको संविधान समाजवाद नहुने पनि तर्क गरे । ‘विश्वबजारीकरण, उदार अर्थतन्त्र, बहुलवादलाई स्वीकारेको संविधान समाजवाद हुनसक्छ ?,’ घिमिरेको प्रश्न थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : २३ बजे

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

खाँदबारी– जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

भक्तपुर– सूर्यविनायक नगरपालिका-६ बस्ने नारायण कृष्ण तोयानाको घरमा विद्युत् सर्ट भई आइतबार

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा

पोखरीमा डुबेर दुई वर्षीय बालिकाको मृत्यु

सुनसरी– धरान उपमहानगरपालिका-१९ दीपेन्द्र मार्ग बस्ने बुद्धि बहादुर तामाङकी छोरी दुई

जेन–जी आन्दोलन नाममा विध्वंश मच्चाउनेलाई छाडिन्न

काठमाडौं- सुशासनको माग गर्दै शुरु भएको शान्तिपूर्ण जेन–जी आन्दोलन एकाएक