कांग्रेस प्रमुख सचेतकले नै उठाए पार्टीको सिद्धान्तमाथि प्रश्न « Khabarhub

कांग्रेस प्रमुख सचेतकले नै उठाए पार्टीको सिद्धान्तमाथि प्रश्न


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पार्टीको सिद्धान्तमा प्रश्न उठाएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार बोल्ने क्रममा उनले कांग्रेसको सिद्धान्तमा प्रश्न उठाएका हुन् ।

‘नेपाली कांग्रेसको सिद्धान्त के हो ? हामी समाजवादी हौँ कि ‘सोसल डेमोक्र्याटिक’ हौँ ?,’ केन्द्रीय सदस्य घिमिरेले प्रश्न गरे, ‘आज बीपी जीवित हुनुभएको भए के समाजवादको रटान लगाइरहनुहुन्थ्यो ?’

कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवाद आदर्श मान्दै आएको छ । कांग्रेसको विधानको धारा २ (१) मा भनिएको छ, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसका आदर्श हुन् ।’

कांग्रेस ‘सोसल डेमोक्र्याटिक’ पार्टी भएको जिकिरसमेत गरे । संसारका कुनै पनि लोकतान्त्रिक मुलुकले आफूलाई समाजवादी भन्ने नगरेको तर्क गर्दै घिमिरेले भने, ‘हामी र कम्युनिस्टबीचको अन्तर के हो ? कांग्रेसले पनि आफूलाई समाजवादी भनेपछि लगानी कसरी आकर्षित हुन्छ ? कांग्रेस ‘सोसल डेमोक्र्याटिक’ पार्टी नै हो ।’

उनले विश्वबजारीकरण, उदार अर्थतन्त्र, बहुलवादलाई स्वीकारेको संविधान समाजवाद नहुने पनि तर्क गरे । ‘विश्वबजारीकरण, उदार अर्थतन्त्र, बहुलवादलाई स्वीकारेको संविधान समाजवाद हुनसक्छ ?,’ घिमिरेको प्रश्न थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : २३ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले