बंगलादेशको राजधानीका सडकमा फर्किए प्रहरी « Khabarhub

बंगलादेशको राजधानीका सडकमा फर्किए प्रहरी


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बङ्गलादेशको राजधानी ढाकाका सडकहरूमा प्रहरी फर्किएका छन् । 

सोमबार बिहानैबाट ढाका, बड्डा, बसुन्धरा, मोहाखली, तेजगांव, बाङ्ला मोटर, कारवां बजार, विजय सरानी, जहांगीर गेट, शाहबागगुलिस्तान क्षेत्रमा ट्राफिक प्रहरी ड्युटी तैनाथ देखिएका छन् ।  

गत सातदिनसम्म विद्यार्थी र स्वयंसेवक सडकमा ट्राफिक सम्हाल्दै आएका थिए । बङ्गलादेशमा अगस्ट ५ मा सरकारको पतनपछि देशभर कयौँ प्रहरी कार्यालय, चौकी, र ट्राफिक प्रहरीका बुथहरूमा आक्रमण भएको थियो । 

आक्रमणबाट कयौँ सुरक्षाकर्मी घाइते भएका थिए । आन्दोलनकारीको डरले सुरक्षाकर्मीहरू चौकी छाडेर भागेका थिए । केही सुरक्षाकर्मीले शान्ति व्यवस्था बहाल नहुँदासम्म काममा नफर्किने घोषणा गरेका थिए । 

पछि उनीहरु विभिन्न ११ सूत्रीय मागहरू अघि सारेर हडतालमा उत्रिएका थिए । तर, माग पूरा गरिने आश्वासन पाएपछि उनीहरूले आइतबार हडताल स्थगित गरेका थिए । गृह मामिलका सल्लाहकार एम सखावत हुसेनले आइतबारमात्रै सबै सुरक्षाकर्मीहरूलाई काममा फर्किन बिहीबारसम्मको समय दिएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : ०० बजे

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि

रुँदै रचनाले भनिन् : जेन-जी शहीदले न्याय पाएको दिन सांसद पदबाट राजीनामा दिन हिचकिचाउने छैन

काठमाडौं– रास्वपा सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष

हनुमन्तेश्वर माविको विव्यस सदस्य छनोट निर्वाचन : दुई सय ७७ मत खस्यो, मतगणना सुरु हुँदै 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै डुङ्गा क्लिनिक

नलबारी- भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका

पहिरोका कारण सर्लाही र सिन्धुली जोड्ने सडक अवरुद्ध

सर्लाही– सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण