प्रचण्ड भन्छन्- माओवादीमा कसैले तलमाथि गर्दैन, पार्टी विभाजन हुँदैन « Khabarhub

प्रचण्ड भन्छन्- माओवादीमा कसैले तलमाथि गर्दैन, पार्टी विभाजन हुँदैन


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन हुने कुनै गुञ्जायस नरहेको बताएका छन् ।

सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानीका क्रममा दाहाले यस्तो बताएका हुन् ।

उपममहासचिव जनार्दन शर्माले दस्तावेज नै पेश गरेर अब प्रचण्डले नेतृत्वको विकल्प दिनुपर्ने बताएको सन्दर्भमा उनले पार्टीमा तलमाथि केही नहुने बताउँदै सबै मिलेर अघि बढ्ने जवाफ दिए ।

‘पार्टी बैठकमै नेतृत्व हस्तान्तरणको पस्ताव आएको छ, यसमा के छ तपाईंको धारणा ?’ सोमबार उनलाई पत्रकारहरूले घेरेर सोधे । जवाफमा प्रचण्डले भने, ‘हाम्रो पार्टीभित्र केही हुँदैन, सबै मिलेर अगाडि बढ्छन् । तपाईंहरूलाई न छ तनाव त, हामीलाई केही भएको छैन ।’

उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर संरक्षकको भूमिकामा बस्नुपर्ने प्रस्तावसहितको दस्तावेज पार्टी बैठकमै पेस गरेका छन् । यसका कारण प्रचण्डले माओवादीमा संस्थागत चुनौतीको सामना गर्नुपरेको छ ।

उपमहासचिव शर्माले बैठकमा पेस गरेको दस्तावेजमार्फत् प्रचण्डलाई अनेक प्रश्न गरेका छन् । उनले पार्टी अहिलेको कमजोर अवस्थामा पुग्नुको प्रमुख दोषी प्रचण्डलाई नै मानेर उनले अब नेतृत्वको विकल्प दिनुपर्ने धारणा दस्तावेजमार्फत राखेका थिए।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : २९ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने