शंख बजाउनुका फाइदा र धार्मिक मान्यता « Khabarhub

शंख बजाउनुका फाइदा र धार्मिक मान्यता


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेषतः हिन्दु धर्मावलम्बीहरुले पूजापाठसहितका धार्मिक समारोहमा शंख बजाउने गर्दछन् । पूजापाठमा शंख अनिर्वाय बजाइन्छ । मन्दिरमा शंखको ध्वनि सुनिन्छ । मृत्यु संस्कारमा पनि शंख प्रयोग गरिन्छ । मन्दिर वा घराको पूजा कोठामा शंख राखिएको हुन्छ । देवी देवताको तस्विरमा पनि शंख देखिन्छ ।

शंख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो । शंख समुद्रमा पाइने जलचरको खबटा हो । प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा लगाइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा खोल हो ।

यसलाई विशेषगरी धार्मिक कार्यमा प्रयोग गरिन्छ । हिन्दु धर्ममा शंखलाई देवी लक्ष्मी र भगवान् विष्णुले आफ्नो हातमा धारण गरेको देखाइएको छ । तर शंख किन बजाउने गरिन्छ त ?

शंखका उपयोगिता ?

धार्मिक कारण

१. शंख बजाउँदा वायुमा रहेको विकार हट्ने विश्वास गरिन्छ ।
२. शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ भनिन्छ ।
३. शंख घरमा राख्दा वा बजाउँदा शुभ हुने विश्वास छ ।
४. यसको ध्वनिले भूतप्रेम, पिशाच भाग्ने विश्वास गरिन्छ ।
५. वास्तुशास्त्र अनुसार शंखध्वनिले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

स्वास्थ्य लाभ

१. यसको ध्वनिले वातावरणका कतिपय हानिकारक जीवाणु नष्ट हुने गर्दछन् ।
२. शंख बजाउँदा फोक्सोको व्यायाम हुनाले दमका रोगीलाई फाइदा पुग्दछ ।
३. शंखमा पानी सञ्चित गरेर पिउँदा क्याल्शियम, फस्फोरस प्राप्त हुन्छ ।
४. यसले हड्डी र दाँतका लागि राम्रो काम गर्छ ।
५. शंखमा भरेको पानी पिउँदा कब्जियत निको हुन्छ ।
६. एक रात शंखमा राखेको पानीले आँखा धोएमा फाइदा हुन्छ ।
७. शंखमा राखेको पानीले अनुहार मसाज गर्दा चमक ल्याउँछ ।
८. शंखमा राखेको पानीमा गुलाबजल मिसाएर कपाल धुँदा बलियो, मुलायम र बाक्लो हुन्छ ।

एजेन्सीको सहयोमा

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ७ : १३ बजे

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई