शंख बजाउनुका फाइदा र धार्मिक मान्यता « Khabarhub

शंख बजाउनुका फाइदा र धार्मिक मान्यता


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेषतः हिन्दु धर्मावलम्बीहरुले पूजापाठसहितका धार्मिक समारोहमा शंख बजाउने गर्दछन् । पूजापाठमा शंख अनिर्वाय बजाइन्छ । मन्दिरमा शंखको ध्वनि सुनिन्छ । मृत्यु संस्कारमा पनि शंख प्रयोग गरिन्छ । मन्दिर वा घराको पूजा कोठामा शंख राखिएको हुन्छ । देवी देवताको तस्विरमा पनि शंख देखिन्छ ।

शंख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो । शंख समुद्रमा पाइने जलचरको खबटा हो । प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा लगाइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा खोल हो ।

यसलाई विशेषगरी धार्मिक कार्यमा प्रयोग गरिन्छ । हिन्दु धर्ममा शंखलाई देवी लक्ष्मी र भगवान् विष्णुले आफ्नो हातमा धारण गरेको देखाइएको छ । तर शंख किन बजाउने गरिन्छ त ?

शंखका उपयोगिता ?

धार्मिक कारण

१. शंख बजाउँदा वायुमा रहेको विकार हट्ने विश्वास गरिन्छ ।
२. शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ भनिन्छ ।
३. शंख घरमा राख्दा वा बजाउँदा शुभ हुने विश्वास छ ।
४. यसको ध्वनिले भूतप्रेम, पिशाच भाग्ने विश्वास गरिन्छ ।
५. वास्तुशास्त्र अनुसार शंखध्वनिले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

स्वास्थ्य लाभ

१. यसको ध्वनिले वातावरणका कतिपय हानिकारक जीवाणु नष्ट हुने गर्दछन् ।
२. शंख बजाउँदा फोक्सोको व्यायाम हुनाले दमका रोगीलाई फाइदा पुग्दछ ।
३. शंखमा पानी सञ्चित गरेर पिउँदा क्याल्शियम, फस्फोरस प्राप्त हुन्छ ।
४. यसले हड्डी र दाँतका लागि राम्रो काम गर्छ ।
५. शंखमा भरेको पानी पिउँदा कब्जियत निको हुन्छ ।
६. एक रात शंखमा राखेको पानीले आँखा धोएमा फाइदा हुन्छ ।
७. शंखमा राखेको पानीले अनुहार मसाज गर्दा चमक ल्याउँछ ।
८. शंखमा राखेको पानीमा गुलाबजल मिसाएर कपाल धुँदा बलियो, मुलायम र बाक्लो हुन्छ ।

एजेन्सीको सहयोमा

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ७ : १३ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा