लमजुङमा रुखले किचेर एकको मृत्यु « Khabarhub

लमजुङमा रुखले किचेर एकको मृत्यु


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । आज साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।

प्रहरी निरीक्षक थानेश्वर चपाईंले मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो । कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रुख एक्कासी ढल्दा मिश्रको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ ।

प्रहरी निरीक्षक चपाईंका अनुसार शव परीक्षण गर्न बेंसीसहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल ल्याइँदै छ । मृतक मिश्रकी श्रीमान् र तीन छोरा बुहारी रहे पनि घरमा श्रीमान् मात्रै बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ०१ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२