साउनको अन्तिम सोमबार : दुई लाखले गरे पशुपतिनाथको दर्शन « Khabarhub

साउनको अन्तिम सोमबार : दुई लाखले गरे पशुपतिनाथको दर्शन


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान ४ बजेदेखि राति आठ बजेसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको जानकारी दिए ।

सुन्दरीजलबाट बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउने भक्तजनका कारण पनि पनि आज मन्दिर परिसरमा निकै घुइँचो लागेको उनले बताए । दर्शनार्थी तथा बोलबम यात्रामा सहभागीका लागि सहज होस् भनी कोषले आज मन्दिरका चार वटै ढोका विहानैदेखि खुला गरेको थियो ।

साउनमा हिन्दु धर्मावलम्बीले भगवान शिवको पूजा आराधना र महिमा गाउने गर्छन् । यस अवसरमा शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन छ । ठूलो सङ्ख्यामा दर्शनार्थी उपस्थित भएपछि सुरक्षाकर्मी एवं स्वयमसेवकको सङ्ख्या पनि बढाइएको विकास कोषले जनाएको छ । भक्तजनको सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतको व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।

आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनका बिहानैदेखि भीड रहेको जनाइएको छ ।

‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव ९बीचमन्त्र० भएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार साउनमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने चलन छ । बोलबम मधेसी समुदायले बढी मान्ने भए पनि पछिल्लो समय अन्य समुदायका भक्तजनहरु पनि सहभागी हुने गर्दछन् ।

आज बिहान दुई दिने नेपाल भ्रमणमा नेपालमा आउनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरे । कोषका प्रवक्ता अधिकारीले सचिव मिस्री पशुपतिनाथ मन्दिर पुग्नु भइ दर्शन गरेका जानकारी दिए ।

उनका अनुसार भारतीय विदेश सचिव मिस्रीलाई पशुपति विकास कोषका पदाधिकारीहरुले आज स्वागत गर्नुका साथै भगवान पशुपतिनाथको प्रतीक, रुद्राक्ष, शालग्रामसहित पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाबारे लिखित पुस्तक उपहार दिएका थिए ।

बागमती नदी किनारामा रहेको पवित्र तीर्थस्थलमध्येको एक भगवान पशुपतिनाथको दर्शन गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको भारतीय विदेश सचिव मिस्रीले बताएका थिए । उनल भने, “यो पवित्र स्थल सांस्कृतिक एवं आध्यात्मिक हिसाबले नेपाल र भारतबीचको मित्रवत सम्बन्धको कडी पनि हो ।

भारतीय विदेश सचिव मिस्री आज साँझ स्वदेश फर्किसकेका छन् । आइतबार विहान यहाँ आइपुग्नुभएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : २७ बजे

इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने

काठमाडौं – इरानले शुक्रबार ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी

ईश्वर पोखरेलले काठमाडौं-५ का मतदातासँग मागे सुझाव

काठमाडौं – नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आगामी प्रतिनिधिसभा

टी-२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल

काठमाडौं – नेपालले आइसिसी टी-२० विश्वकप अगाडि अन्तिम अभ्यास खेल

प्रहरीले प्रदान गर्ने सेवा गुणस्तरीय बनाउन निर्देशन

बाँके – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

काठमाडौं – निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा