बलोचिस्तानमा पृथकतावादी समूहको आक्रमण बढ्यो « Khabarhub

बलोचिस्तानमा पृथकतावादी समूहको आक्रमण बढ्यो


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय पाकिस्तानको बलोचिस्तान प्रान्तमा पृथकतावादी समूहको आक्रमण बढ्दै गएको छ ।

बलोचिस्तानमा सक्रिय पृथकतावादी समूहहरु बलोचिस्तान लिबरेसन आर्मी (बीएलए) र बलोचिस्तान लिबरेसन फ्रन्ट (बीएलएफ)ले पाकिस्तानी सेनाविरुद्ध भएका आक्रमणको जिम्मेवारी लिएका हुन् ।

ती समूहले प्रान्तको माश्के, जमुरन र कोल्वाह क्षेत्रमा भएका आक्रमणको जिम्मेवारी लिएको बलोचिस्तान पोस्टले जनाएको छ । बीएलएका प्रवक्ता जियन्द बलोचले विज्ञप्ति जारी गर्दै आफ्ना लडाकुले पाकिस्तानी सैन्य एकाई र निर्माण कम्पनीलाई लक्षित गरी दुई छुट्टाछुट्टै आक्रमण गरेको बताएका हुन् ।

विज्ञप्तिमा बीएलएका लडाकुले माश्केको नोक्जो क्षेत्रमा रहेको सैन्य शिविरमा ग्रिनेड र स्वचालित हतियारले आक्रमण गरेको जनाइएको छ । उक्त आक्रमणमा पाकिस्तानी सेनाका एक जना सैनिकको ज्यान गएको उल्लेख बीएलएको दाबी छ । त्यसैगरी, जमुरन क्षेत्रमा आफ्ना लडाकुले सेनासँग सम्बद्ध एउटा निर्माण कम्पनीको सवारीमा आगजनी गरेको पनि बीएलएले जनाएको छ ।

बेग्लै विज्ञप्ति जारी गर्दै बीएलएफले कोल्वाह क्षेत्रमा रहेको सैन्य शिविरलाई लक्षित गरी आफ्ना लडाकुले आक्रमण गरेको जनाएको छ ।

बीएलएफका प्रवक्त मेजर ग्वरहाम बलोचले आफ्ना लडाकुले उक्त शिविरमा भारी हतियारको प्रयोग गरी आक्रमण गरेको र घटनामा एक जना सैनिकको मृत्यु हुनुका साथै तीन जना गम्भीर घाइते भएको जनाएका छन् ।

दुबै समूहले बलोचिस्तानबाट पाकिस्तानी सेना फिर्ता नभएसम्म आक्रमण जारी राख्ने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ५६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका