मृत छोरा चुनावी मुद्दा बनेपछि बुवाको आक्रोश- गलत कार्य तत्काल बन्द गर्नुपर्छ « Khabarhub

मृत छोरा चुनावी मुद्दा बनेपछि बुवाको आक्रोश- गलत कार्य तत्काल बन्द गर्नुपर्छ


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – एक वर्ष अघिको अगस्टमा बस दुर्घटनामा मारिएका एक बालकको नाम चुनावी अभियानमा जोडिएपछि यसले ती बालकको बाबुलाई आक्रोशित तुल्याएको छ।

अहिले अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिक पार्टीले डेमोक्र्याट उम्मेदवारमाथि आप्रवासी विषयमा नै धेरै प्रहार गरेका छन्। अगस्ट २०२३ मा आहियोमा भएको बस दुर्घटनामा ११ वर्षीय आइडेन क्लर्कको मृत्यु भएको थियो ।

अहिलेको राष्ट्रपतीय निर्वाचनमा आइडनको मृत्युलाई हाइटीका आप्रवासीसँग जोडेर ह्यारिसमाथि समेत रिपब्लिकले प्रहार गरिहेका छन्।

उपराष्ट्रपतिकी प्रत्याशी जे डी भान्सले ट्वीटर (एक्स)मा आइडेनका बाबुलाई हाइटीका आप्रवासीले मारेको प्रसङ्ग उठाएपछि ती बालकका बाबुले त्यस समुदायको बैठकमा आइडेनको विषय नउठाउन रिपब्लिक पार्टीलाई भनेका छन्।

‘आइडेनको हत्या भएको होइन। हाइटीका ती आप्रवासीले चलाएको बस दुर्घटना भएको हो। तसर्थ चुनावी लाभका लागि यस्ता गलत कार्य तत्काल बन्द गर्नुपर्छ,’ उनले भने।

त्यस घटनामा हमार्नियो जोसेफले चलाएको भ्यान र स्कुल जुधेपछि बसका धेरै जना घाइते भएका थिए भने आइडेनको ज्यान गएको थियो। लाइसेन्स नभएका जोसेफलाई जेल सजाय भएको छ।

अहिले कमला ह्यारिसमाथि रिपब्लिकले लगाउने आरोप आप्रवासी मुद्दा नै हो। यसै कारण धेरैले ट्वीटरमा ह्यारिसको फोटो आइडेनको फोटोसँग जोडेर राख्ने गरेका छन्। आफ्नो छोराको नाम चुनावी मुद्दा मात्र बनाएपछि उनी आजित भएका हुन्।

समुदाय तर्फबाट नै रिपब्लिकमाथि आरोप लागेपछि यस निर्वाचनमा डेमोक्र्याटका लागि अर्को खराब विषय भएको छ। बुधबार मात्र भएको बहसमा डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पमाथि हाबी भएपछि यसले केही तटस्थ मतदातालाई समेत प्रभावित तुल्याएको जनाइएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ८ : १९ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड