बजेट अभावमा खेलकुद पूर्वाधारहरू अलपत्र : मन्त्री चौधरी | Khabarhub Khabarhub

बजेट अभावमा खेलकुद पूर्वाधारहरू अलपत्र : मन्त्री चौधरी


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं खेलकुदमन्त्री तेजुलाल चौधरीले बजेट अभावका कारण खेलकुद पूर्वाधारलाई अघि बढाउन नसकिएको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री चौधरीले बजेटका अभावमा खेलकुद पूर्वाधारहरू अलपत्र परेको बताएका हुन् ।

उनले राखेपबाट पनि खेलुकुद पूर्वाधार निर्माणमा सन्तोषजनक काम नभएको जिकिर गरे ।

खेलकुद पूर्वाधारलाई अघि बढाउन मन्त्रालयले नेतृत्व लिनुपर्ने वा राखेपमा पूर्वाधार युनियनमार्फत अघि बढाउनुपर्ने देखिएको उनले बताए ।

मन्त्री चौधरीले राष्ट्रिय खेलकुद नीति असोजभित्रै ल्याउने र खेलकुद सम्बन्धी अन्य नियमावलीलाई पनि समयसापेक्ष परिमार्जन गर्ने तयारी भएको जानकारी दिए ।

नेपालमा सहज रुपमा जीवनयापन गर्न कठिन देखिएकाले खेलाडी पलायन भइरहेको अवगत गराउँदै उनले खेलाडीलाई स्वदेशभित्र रोजगारी, उनीहरूको बालबच्चालाई शिक्षा र स्वास्थ्य लगायतको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उनले विश्वमा नेपाली खेलाडीहरूले राष्ट्रको नामलाई उच्च बनाउने काम गरेकाले खेलाडी र खेल क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको जिकिर गरे । बैठकमा समिति सदस्यहरूले खेल क्षेत्रमा लगानी बढाउदै पूर्वाधार निर्माणमा ध्यान केन्द्रीत गर्नुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  २ : ११ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस