गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनुपर्छ : मन्त्री अधिकारी  « Khabarhub

गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनुपर्छ : मन्त्री अधिकारी 


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामीण कृषक माझ रहेको गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा कृषि एक्स्पो–२०८१ उद्‌घाटन कार्यक्रममा कृषिमन्त्री अधिकारीले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले कृषि लगानी दशक घोषणा गरेको बताए । 

लगानी दशकका लागि बैंक तथा वित्तीय संस्थामार्फत कृषिमा लगानीका लागि विशेष उत्पादनहरूमा लगानी सहजीकरण गर्ने पनि मन्त्री अधिकारीले बताए ।

 ‘निजी क्षेत्र र सहकारी क्षेत्रको लगानी अपेक्षा गरेअनुरूप हुन नसक्दा कृषि क्षेत्रको आधुनिकीकारण व्यवसायिकरण हुन सकिरहेको छैन,’ मन्त्री अधिकारीले भने, ‘कृषिमा निजी क्षेत्रले लगानी गर्ने वातावरण निर्माण गर्न जरुरी छ ।’ 

निजी क्षेत्रको सहभागिताबिना लगानी दशकले सार्थकता पाउन गाह्रो रहेको उनको भनाइ थियो ।

 ‘कृषिमा लगानी दशकको अभियानले वर्तमान शासकीय संरचनाका तीनवटै तह, कृषक, सहकारी, निजी क्षेत्र, विकास साझेदारको लगानी कृषि क्षेत्रको व्यवसायीकरणमा केन्द्रित गर्ने छ,’ अधिकारीले भने । 

नेपाली बजारमा दूधको खपत नहुँदा दुग्ध किसान तथा व्यवसायी मर्कामा परिरहेको भन्दै मन्त्री अधिकारीले देशमै दुग्ध पदार्थको विविधीकरणका साथै बजारीकरणको खोजी गर्न आवश्यक रहेको बताए । 

दुग्ध विकास संस्थानमार्फत् किसानलाई उपलब्ध गराउनु पर्ने दूधको मूल्य भुक्तानीका लागि सरकारले काम गरी रहेको उनको भनाइ थियो ।

 ‘अब भुक्तानीको चरणमा रहेको छ,’ अधिकारीले भने, ‘दुग्ध विकास संस्थान मार्फत दूधको मूल्य बक्यौता छिटै समाधान हुनेछ ।’

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ३ : २२ बजे

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर