गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनुपर्छ : मन्त्री अधिकारी  « Khabarhub

गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनुपर्छ : मन्त्री अधिकारी 


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामीण कृषक माझ रहेको गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा कृषि एक्स्पो–२०८१ उद्‌घाटन कार्यक्रममा कृषिमन्त्री अधिकारीले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले कृषि लगानी दशक घोषणा गरेको बताए । 

लगानी दशकका लागि बैंक तथा वित्तीय संस्थामार्फत कृषिमा लगानीका लागि विशेष उत्पादनहरूमा लगानी सहजीकरण गर्ने पनि मन्त्री अधिकारीले बताए ।

 ‘निजी क्षेत्र र सहकारी क्षेत्रको लगानी अपेक्षा गरेअनुरूप हुन नसक्दा कृषि क्षेत्रको आधुनिकीकारण व्यवसायिकरण हुन सकिरहेको छैन,’ मन्त्री अधिकारीले भने, ‘कृषिमा निजी क्षेत्रले लगानी गर्ने वातावरण निर्माण गर्न जरुरी छ ।’ 

निजी क्षेत्रको सहभागिताबिना लगानी दशकले सार्थकता पाउन गाह्रो रहेको उनको भनाइ थियो ।

 ‘कृषिमा लगानी दशकको अभियानले वर्तमान शासकीय संरचनाका तीनवटै तह, कृषक, सहकारी, निजी क्षेत्र, विकास साझेदारको लगानी कृषि क्षेत्रको व्यवसायीकरणमा केन्द्रित गर्ने छ,’ अधिकारीले भने । 

नेपाली बजारमा दूधको खपत नहुँदा दुग्ध किसान तथा व्यवसायी मर्कामा परिरहेको भन्दै मन्त्री अधिकारीले देशमै दुग्ध पदार्थको विविधीकरणका साथै बजारीकरणको खोजी गर्न आवश्यक रहेको बताए । 

दुग्ध विकास संस्थानमार्फत् किसानलाई उपलब्ध गराउनु पर्ने दूधको मूल्य भुक्तानीका लागि सरकारले काम गरी रहेको उनको भनाइ थियो ।

 ‘अब भुक्तानीको चरणमा रहेको छ,’ अधिकारीले भने, ‘दुग्ध विकास संस्थान मार्फत दूधको मूल्य बक्यौता छिटै समाधान हुनेछ ।’

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ३ : २२ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि

विपद्का कारण राजमार्ग प्रभावित

काठमाडौँ– बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा