देउवाले भने- अरु पार्टीलाई सिद्धयाउन कांग्रेस-एमाले मिलेका होइनन् « Khabarhub

देउवाले भने- अरु पार्टीलाई सिद्धयाउन कांग्रेस-एमाले मिलेका होइनन्

भोलिको कांग्रेस नेतृत्वलाई पार्टीको चिन्ता गर्न सुझाव


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५ औँ महाधिवेशनबाट आउने नेतृत्वलाई पार्टीको चिन्ता गर्न सुझाव दिएका छन् ।

कांग्रेसको स्थानीय तह समन्वय विभागले बिहीबार सानेपामा आयोजना गरेको एक समारोहमा उनले अब आउने नेतृत्व सामु चुनौतीसँगै अवसरहरू रहेको पनि बताए ।

‘भोलि आउने नेताले, सभापति हुने नेताले पार्टीको चिन्ता गर्नु, मैले पनि चिन्ता गरेको छु,’ सभापति देउवाले भने, ‘भोलिका दिन चुनौतीसँगै अवसर छन् । चुनौतीलाई च्यालेन्ज गर्ने हो, काम गर्नू । पार्टी बलियो बन्नुपर्छ ।’

सभापति देउवाले पूर्ववर्ती सत्तागठबन्धनका कारण कांग्रेसका नेता–कार्यकर्ताहरूमा देखिएको चिन्ताका कारण असार १७ मा एमालेसँग सहकार्य गरेको पनि बताए ।

‘एमाले–माओवादी एक ठाउँ हुँदा पार्टीका साथीहरू चिन्तित थिए,’ देउवाले भने, ‘यी सबै कुरालाई हेरेर एमालेसँग सहकार्य भएको हो । दुई वर्ष सरकार ओलीले चलाएपछि कांग्रेसलाई छोडिदिनु हुन्छ ।’

सभापति देउवाले अन्य पार्टीलाई सिध्याउने कांग्रेसको कुनै उद्देश्य नभएको पनि जिकिर गरे । ‘दुई पार्टी मिलेपछि अरू सिधिन्छन् भन्छन् । हाम्रो उद्देश्य यस्तो होइन,’ उनले भने, ‘एमालेको पनि यस्तो सोच देख्दिँन ।’

देउवाले गत निर्वाचनमा पार्टीका तर्फबाट विजयी भएर उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखहरूको सम्मानका लागि आयोजित समारोहमा जनप्रतिनिधिलाई राम्रो काम गर्न निर्देशन दिए ।

‘यस्ता कार्याक्रमले एकजुट बनाउन सहयोग गर्छ,’ उनले भने, ‘स्थानीय तह, जिल्ला तथा प्रदेश सबैसँग सल्लाह गरेर पार्टी अघि बढ्छ राम्रो काम गर्नू ।’

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : ३४ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित