राजनीति

कांग्रेसबाट निर्वाचित उत्कृष्ट काम गर्ने जनप्रतिनिधि सम्मानित (तस्बिरहरू)

By खबरहब

September 12, 2024

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीकातर्फबट विजयी स्थानीय तहका प्रमुख र अध्यक्षहरूलाई सम्मान गरेको छ ।

पार्टीको स्थानीय तह समन्वय विभागले २०७९ को निर्वाचनमा कांग्रेसका तर्फबाट विजयी उम्मेदवारमध्ये उत्कृष्ट काम गर्नेहरूलाई सम्मान गरेको हो ।

केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा रहेको विभागले बिहीबार सानेपामा कार्यक्रम आयोजना गरेर सभापति शेरबहादुर देउवामार्फत् उत्कृष्ट काम गरेका स्थानीय तह प्रमुखहरूलाई सम्मान गरेको हो ।

विभागले सम्मानका लागि महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को वार्षिक प्रतिवेदन, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनलाई आधार बनाएर उत्कृष्ट पालिकाहरु चयन गरेको थियो ।