देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ | Khabarhub Khabarhub

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताएका छन् ।

क्व्होलासोथर गाउँपालिका–९ टक्सारमा आज टक्सार बाबा र आमा समूहले संयुक्त रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रको विकास, रोजगारीका सृजनालाई पहिलो प्राथमिकता दिएको बताए ।

सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरूङले शिक्षा, स्वास्थ्य, यातायातलगायत सुविधा गाउँमा पुगे पनि गाउँका घर खाली हुँदै तथा जमिन बाँझो रहेकामा चिन्ता व्यक्त गरे । गाउँबाट सहर पस्ने र सहरबाटै विदेश जाने प्रवृत्ति रोक्न सरकारले हरसम्भव प्रयत्न गरिरहेको उनले बताए ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले लमजुङ र समग्र गण्डकी प्रदेशको विकासका लागि सक्रियतापूर्वक काम गरेको उनले स्मरण गरे । ‘घरघरमा बिजुली, एक घर, एक धारा’ अभियान सञ्चालन गरेको बताउँदै मन्त्री गुरुङले लमजुङको विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले जनचाहना अनुरुप काम गर्ने दृढता दोहो¥याए।

स्थानीयले सडक कालोपत्र गर्ने तथा बिजुलीका नाङ्गा तार ‘इन्सुलेटर’युक्त बनाउन गरेका मागप्रति सञ्चारमन्त्री गुरुङले सकारात्मक जवाफ दिएका थिए ।

टक्सार आमा समूहका सदस्य तथा वडासदस्य शासदेवी गुरुङ, टक्सार बाबा समूहका पूर्वअध्यक्ष उमरबहादुर गुरुङलगायत वक्ताले गाउँका समस्याबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ८ : ३९ बजे

पाँच वर्षपछि बन्यो हिट गीत ‘जेल पनि सहुँला’को सिक्वेल

काठमाडौं – पाँच वर्षअघि सार्वजनिक भएको हिट गीत ‘जेल पनि

‘कृषि क्षेत्र सुधार्न कृषि र किसानको सम्मान आवश्यक’

इलाम– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र किसानको

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ७१ पुग्यो

गाजा– इजरायलले हिजो रातभर र आजसम्म गाजा पट्टीमा धेरै घरमा

विपिन जोशीको रिहाइको प्रयास- प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप

विषालु च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

तनहुँ– विषालु च्याउ खाँदा बिरामी भएका तनहुँका एक बालकको उपचारको