देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ « Khabarhub

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताएका छन् ।

क्व्होलासोथर गाउँपालिका–९ टक्सारमा आज टक्सार बाबा र आमा समूहले संयुक्त रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रको विकास, रोजगारीका सृजनालाई पहिलो प्राथमिकता दिएको बताए ।

सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरूङले शिक्षा, स्वास्थ्य, यातायातलगायत सुविधा गाउँमा पुगे पनि गाउँका घर खाली हुँदै तथा जमिन बाँझो रहेकामा चिन्ता व्यक्त गरे । गाउँबाट सहर पस्ने र सहरबाटै विदेश जाने प्रवृत्ति रोक्न सरकारले हरसम्भव प्रयत्न गरिरहेको उनले बताए ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले लमजुङ र समग्र गण्डकी प्रदेशको विकासका लागि सक्रियतापूर्वक काम गरेको उनले स्मरण गरे । ‘घरघरमा बिजुली, एक घर, एक धारा’ अभियान सञ्चालन गरेको बताउँदै मन्त्री गुरुङले लमजुङको विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले जनचाहना अनुरुप काम गर्ने दृढता दोहो¥याए।

स्थानीयले सडक कालोपत्र गर्ने तथा बिजुलीका नाङ्गा तार ‘इन्सुलेटर’युक्त बनाउन गरेका मागप्रति सञ्चारमन्त्री गुरुङले सकारात्मक जवाफ दिएका थिए ।

टक्सार आमा समूहका सदस्य तथा वडासदस्य शासदेवी गुरुङ, टक्सार बाबा समूहका पूर्वअध्यक्ष उमरबहादुर गुरुङलगायत वक्ताले गाउँका समस्याबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ८ : ३९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका