सहयोगी छान्न व्यस्त ट्रम्प : प्रशासनिक स्वरूपले लियो आकार « Khabarhub

सहयोगी छान्न व्यस्त ट्रम्प : प्रशासनिक स्वरूपले लियो आकार


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै डोनाल्ड ट्रम्पको प्रशासनिक टिमले आकार लिन थालिसकेको छ। पूर्व इमिग्रेसन तथा कस्टम (आइसिई) निर्देशक टम होम्यनालाई सीमाको जिम्मा दिइने भएको छ। पूर्व विधायक जी जेल्डिनलाई युएस इन्भारमेन्ट प्रोजेक्ट एजेन्सीको जिम्मेवारी दिएका छन्। जेल्डिनले पनि यसलाई स्वीकार गरी सकेका छन्।

अमेरिकाका लागि उत्कृष्ट चार वर्षको समयमा निर्माण गर्न ह्वाइट हाउसमा राष्ट्रपतिलाई साथ दिन आफू तयार भएको उनले बताए। जेल्डिनले सफा पानी र हावाका लागि ट्रम्प सधैँ सचेत रहने व्यक्ति भएको बताएका छन्।

एलाइस स्टेफानिकलाई राष्ट्र सङ्घका लागि अमेरिकी दूतमा चयन गरेका छन्। उनका शीर्ष आप्रवासी सल्लाहकार स्टेफन मिलरलाई ह्वाइट हाउसको कार्यकारी चिफ अफ स्टाफ चयन गर्ने सम्भावना छ।

यसैगरी ट्रम्पले फ्लोरिडाका रिपब्लिक विधायक माइम वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि प्रस्ताव गरेका छन्। यी धेरै पदमा नियुक्त गर्दैगर्दा ट्रम्पका लागि महान्यायाधिवक्ता चयन चिन्ता र चुनौतीका विषय बनेको छ।

आप्रवासीका बारे ठोस निर्णय गर्न तथा उनका विरोधीसँग कानुनी लडाइँ लड्न यी दुवै विषयमा महान्यायाधिवक्ताको भूमिका जरुरी भएको छ।

पहिलो कार्यकालमा ट्रम्पले महान्यायाधिवक्ता मात्र होइन गुप्तचर विभाग (एफबिआई)का प्रमुखलाई समेत बर्खास्त गरेका थिए। गएको निर्वाचनमा पराजयको सामना गरेपछि ६ जनवरीमा ट्रम्पले गरेको कामपछि उनलाई कानुनी साथ दिँदै आएका ज्यम स्मिथलाई यस पटक महत्त्वपूर्ण जिम्मेवारी दिइने सम्भावना प्रबल छ। ट्रम्पले २० जनवरीमा अमेरिकी राष्ट्रपतिको शपथ लिनेछन्।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ६ : २७ बजे

सांसद ध्रुव राईको कटाक्ष : राष्ट्रिय मुद्दामा देश एक हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनेको छ

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय मुद्दामा एक

‘सामुदायिक वनमा आधारित उद्यमशीलता, प्रशोधन, बजारीकरण र हरित रोजगारी सिर्जना गर्छौँ’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमा आधारित

हात्ती र गोही प्रजनन केन्द्रमा निशुल्क प्रवेश

चितवन– चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा तीन करोड बढी राजस्व

बालेनप्रति विपक्षी अझै आक्रमक, जेठ १७ को अभिव्यक्तिप्रति माफी माग्नुपर्ने अडान यथावत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले पनि