विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य | Khabarhub Khabarhub

एनपीएल क्रिकेट

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको छ ।

विराटनगरका लागि स्कट एडवार्डस्ले सर्वाधिक ४५ रन बनाए । यस्तै, लोकेश बमले २६, बासिर अहमद २१ र निकोलस किर्तनले १९ रन जोडे ।

पोखराका सागर ढकाल र राइमन रिफरले दुई–दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक–एक विकेट लिए ।

जारी लिगमा विराटनगर र पोखराले अहिलेसम्म समान चार–चार खेल खेलेका छन् जसमा दुवैले एकमा जित र एकमा हार बेहोरेका छन् ।

विराटनगर जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्ससँग पराजित भएको थियो भने लुम्बिनी लायन्समाथि जित निकालेको थियो ।

यस्तै, पोखराले चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्ससँग हार बेहोरेको थियो भने लुम्बिनी लायन्सलाई हराएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १० : ३० बजे

‘क्रप कटिङ’ विधिद्वारा धान उत्पादनको अध्ययन

म्याग्दी – म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ ।

नबिल बैंकले १० प्रतिशत नगद लाभांश दिने

काठमाडौं– नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको

इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणमा जोड

काठमाडौं – वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरणलाई

रवि लामिछाने थप पाँच दिन हिरासत बस्नुपर्ने

पोखरा– रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन्

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको निन्दा

एजेन्सी – अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट (आइएस) समूहले