एफबीआई निर्देशक रेको राजीनामा, ट्रम्पले खुसी हुँदै भने-अमेरिकाकै लागि ठूलो दिन « Khabarhub

एफबीआई निर्देशक रेको राजीनामा, ट्रम्पले खुसी हुँदै भने-अमेरिकाकै लागि ठूलो दिन


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- अमेरिकी जाँच एजेन्सी फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का निर्देशक क्रिस्टोफर रेले पदबाट राजीनामा दिएका छन् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

यसअघि नै ट्रम्पले आफूले राष्ट्रपति कार्यकालको काम सम्हाल्नुअघि नै क्रिस्टोफर रेलाई पदबाट हटाउने संकेत गरेका थिए ।

रेले यो घोषणा बुधबार एफबीआईको आन्तरिक बैठकमा गरेका हुन्। कयौँ हप्तासम्म सोच विचारपछि पदबाट हट्ने निर्णय लिएको उनले बताएका छन् ।

ट्रम्पले यसअघि नै आफ्ना विश्वासपात्र काश पटेललाई एफबीआईको नेतृत्वका लागि नाम घोषणा गरिसकेका छन् ।

काश पटेलले ‘नाटकीय रूपम’ एफबीआईको शक्तिलाई सीमित गर्ने कुरा गरेका छन् ।

क्रिस्टोफर रेलाई ट्रम्पले आफ्नो पछिल्लो कार्यकालका क्रममा सन् २०१७ मा नियुक्त गरेका थिए । उनलाई त्यसबेला सन् २०२७ सम्मलाई ट्रम्पले एफबीआई प्रमुख बनाएका थिए ।

तर ट्रम्पले दोस्रो पटक राष्ट्रपति चुनाव हारेपछि एफबीआईले ट्रम्पविरुद्ध जाँच थालेका थिए। यसका लागि उनले रिपब्लिकन्सको तर्फबाट आलोचना झेल्नु परेको थियो ।

यसबीच क्रिस्टोफर रेको राजीनामाको निर्णयबारेमा डोनाल्ड ट्रम्पले अमेरिकाकै लागि ठूलो दिन भनेका छन् ।

ट्रम्पले एक्समा भनेका छन्, ‘क्रिस्टोफर रेको राजीनामा अमेरिकाका लागि एक ठूलो दिन हो । यसले अमेरिकाको न्याय विभागलाई हथियारसरह प्रयोग गर्ने काम बन्द हुनेछ । अब हामी सबै अमेरिकी जनताको कानुनको शासन फेरि लागु गर्नेछौँ ।’

ट्रम्पले क्रिस्टोफर रे को नेतृत्वमा आफ्नो घरमा एफबीआईले अवैध रुपमा आफ्नो घरमा छापा मारेको बताएका छत्तन् । क्रिस्टोफरले आफ्नव शक्तिको प्रयोग गरेर बेकसुर अमेरिकीलाई तर्साउने र समाप्त पार्ने काम गरेको पनि ट्रम्पले बताए ।

अब ट्रम्पले काश पटेललाई एफबीआई प्रमुख बनाउँदैछन् । ‘एफबीआईको इतिहासमा काश पटेल सबैभन्दा योग्य व्यक्ति हुन् । एजेन्सीलाई अब उनले हाँक्नेछन् । उनी कानुन व्यवस्था लागु गर्न प्रतिबद्ध छन्’, उनले भनेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १ : १९ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक