वैदेशिक शिक्षाका नाममा बाहिरियो पौने ३८ अर्ब « Khabarhub

वैदेशिक शिक्षाका नाममा बाहिरियो पौने ३८ अर्ब

घुम्न जानेले खर्च गरे साढे ३० अर्ब


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेश पढ्ने नाममा नेपाली विद्यार्थीले पौने अर्ब बढी रकम विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा विदेश पढ्न जाने विद्यार्थीले ३७ अर्ब ७२ करोड रुपैयाँ विदेश लगेका हुन् ।

अघिल्लो वर्षको सोही अवधिमा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले ३८ अर्ब ४४ करोड रुपैयाँ विदेश लगेका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो ४ महिना अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो ४ महिनामा शिक्षाबापत बाहिरिने रकम केही घटेको देखिएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालबाट विदेश घुम्न जाने नेपालीले ३० अर्ब ५९ करोड रकम खर्च गरेका छन् । त्यस्तै समीक्षा अवधिमा नेपाल आएर घुम्ने पर्यटकले २६ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ५ : २५ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल