बंगलादेशमा जारी हिन्दूमाथिको आक्रमण ‘जातीय नरसंहारको प्रयास’ : बेलायत « Khabarhub

बंगलादेशमा जारी हिन्दूमाथिको आक्रमण ‘जातीय नरसंहारको प्रयास’ : बेलायत


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतका सांसदले बंगलादेशमा जारी हिन्दू धर्मावलम्बीमाथिको आक्रमणलाई ‘जातीय नरसंहारको प्रयास’ को संज्ञा दिएका छन् ।

कन्जरभेटिभ पार्टीका सांसद बब ब्लाकम्यानले बंगलादेशमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीको घर जलाइएको, उनीहरुको व्यवसायलाई लक्षित गरी आक्रमण भएको र हिन्दू धर्मगुरुलाई पक्राउ गरिएको बताए ।

संसदीय बहसमा भाग लिँदै उनले बेलायत सरकारले बंगलादेशमा विकसित घटनाक्रमबारे के गरिरहेको छ भनेर प्रश्न समेत गरे । जवाफमा बेलायतकी हिन्द प्रशान्तमन्त्री क्याथरिन वेस्टले बंगलादेशमा जारी घटनाक्रमबारे त्यहाँको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुससँग छलफल गरेको बताइन् ।

टाइम्स अफ इण्डियाका अनुसार वेस्टले गत महिना युनुससँग भेटवार्ता गरेकी थिइन् । उनले आफ्नो सरकारले बंगलादेशमा गठित अन्तरिम सरकारको समर्थन गरिरहेको र बंगलादेश सरकारलाई कानुनी व्यवस्था बहाल गर्नेबारे सल्लाह दिन तयार रहेको स्पष्ट पारिन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १ : ०० बजे

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको