उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्मेलन शुरू « Khabarhub

उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्मेलन शुरू


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन शुरू भएको छ । ललितपुरको गोदावरीमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्मेलन उद्घाटन गरेका हुन् ।

सम्मेलन नेपाल इन्टरनेसनल एडीआर सेन्टरले आयोजना गरेको हो । सम्मेलनको नारा ‘विवाद समाधानको आधुनिकीकरण : न्यायमा पहुँच अभिवृद्धिका लागि एडीआरको भूमिका’ छ । सम्मेलन मंसिर ३० सम्म चल्नेछ ।

विवाद समाधानमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा नेपालसहित जापान, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, यूके, न्यूजील्याण्ड, चीन र यूएसए गरी विश्वका १७ देशका वक्ताहरू सहभागी छन् ।

निरौलाका अनुसार कार्यक्रम अवधिभर करारसम्बन्धी विवाद, विकास निर्माणसम्बन्धी, लगानीसम्बन्धी विवाद, संयुक्त राष्ट्र संघका मोडल कानुनसम्बन्धी व्यवस्था र मध्यस्थता एवम् मेलमिलाप सम्बन्धमा न्यायपालिकाको भूमिका लगायतका विषयमा छलफल हुनेछन् ।

सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने बताए ।

प्रधानमन्त्रीले नेपालको एडीआर प्रतिबद्धता र अन्तर्राष्ट्रिय कन्भेन्सनहरूमा नेपालको सक्रियता उल्लेख गर्दै भने, ‘नेपालले न्यूयर्क कन्भेन्सन र सिंगापुर कन्भेन्सनमा हस्ताक्षर गरी एडीआरका मापदण्डमा आफ्नो प्रतिबद्धता प्रकट गरेको छ ।’

उनले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानको लागि एक तटस्थ र विश्वासनीय स्थलको रूपमा प्रस्तुत गर्ने लक्ष्यमा रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ११ : २८ बजे

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन