प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि, सात प्रदेश र तीन विभागीय टोली सहभागी « Khabarhub

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि, सात प्रदेश र तीन विभागीय टोली सहभागी


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आजदेखि सुरु हुँदैछ ।

माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ र नेपाल आर्मी सहभागी छन् ।

हरेक टोलीले एक–अर्काविरुद्ध एक–एक पटक खेलेपछि शीर्ष दुईमा पुग्ने टोलीले फाइनल खेल्ने छन् । यस पटक पीएम कप प्रतियोगिता पहिलो पटक काठमाडौँ बाहिर भैरहवामा पनि सञ्चालन हुँदैछ ।

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको पहिलो दिन तीन खेल हुने तालिका रहेको छ । जसमा कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बागमती प्रदेशले नेपाल पुलिसको सामना गर्ने छ भने मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेशले मधेश प्रदेशको सामना गर्ने छ ।

यस्तै, भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : २७ बजे

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा