बंगलादेशमा भ्रष्टाचारी र तानाशाहको छवि बनाएका दुई महिला | Khabarhub Khabarhub

बंगलादेशमा भ्रष्टाचारी र तानाशाहको छवि बनाएका दुई महिला


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेशको राजनीति साँच्चै अचम्मकै छ। सन् १९९१ देखि यता सेख हसिना बाजेद र बेगम खालीदा जीयाले लगातार सम्हाले।

बङ्गलादेशको राजनीति दुई महिलाको सेरोफेरोमा नै घुमेको छ। तर बङ्गलादेशमा मूलधारको राजनीतिमा अन्य महिलाको उपस्थिति भने नगन्य छ।

यो साताको सुरुवातमा सम्पन्न भएको निर्वाचनमा सेख हसिनाको दल अवामी लिगले संसद्का तीन सय मध्ये दुई सय २५ स्थानमा जित हात पार्न सफल भयो।

बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी)ले सो निर्वाचन बहिस्कार गरेको थियो। राजनीतिका दुई मुख्य ध्रुवको नेतृत्व महिलाले नै गरेका थिए।

यो साताको सुरुवातमा सम्पन्न भएको निर्वाचनमा सेख हसिनाको दल अवामी लिगले संसद्का तीन सय मध्ये दुई सय २५ स्थानमा जित हात पार्न सफल भयो।

बीएनपीका नेता तथा समर्थकलाई बन्दी बनाएर निर्वाचन भएको थियो। सन् २०१८ मा ८० प्रतिशत मतदान भएको बङ्गलादेशमा यस पटक ४० प्रतिशत मतदान भएको थियो।

निर्वाचनमा महिलाको उपस्थिति भने एकदमै कम थियो। एक हजार आठ सय ९१ उम्मेदवार मध्ये ९२ जना मात्र महिला थिए। सो सङ्ख्या पाँच प्रतिशत भन्दा कम थियो।

निर्वाचनको निष्पक्ष अनुगमन गर्ने निकायले परिणामलाई सहज स्वीकार गर्न सकेका छैनन्। पहिलो कारण त कम मतदान नै हो। दोस्रो कारण एकपक्षीय परिणाम पनि हो।

आगावी लिग निकट स्वतन्त्र उम्मेदवार ४५ जनाले जित हात पारे। जातीय पार्टीले ८ स्थानमा जित हात पारे। निर्वाचन परिणाम जे भए पनि अबको लामो समय बङ्गलादेशको राजनीति यी दुई महिलाको सेरोफेरोमा घुम्ने निश्चित छ।

निर्वाचन परिणाम जे भए पनि अबको लामो समय बङ्गलादेशको राजनीति यी दुई महिलाको सेरोफेरोमा घुम्ने निश्चित छ।

सन् १९९६ मा पहिलो पटक सत्तासीन भएकी शेख हसिना दोस्रो पटक सन् २००९ मा फेरि सत्तामा पुगेकी हुन्। त्यसपछि उनी लगातार सत्तामा छन्।

बङ्गलादेशमा हसिनाको शासनकाल एकातर्फ आर्थिक उत्थानको कार्यकालको रूपमा हेरिन्छ भने अर्कोतर्फ मानव अधिकार हननको कालको रूपमा पनि चित्रण गरिन्छ।

ह्युमन राइट वाचका अनुसार २८ अक्टोबर यता भएका प्रदर्शनमा १० हजार अभियन्ता गिरफ्तार भएका छन्। १६ जनाको ज्यान गएको छ भने पाँच हजार पाँच सय जना घाइते भए।

अहिले विपक्षीबाट तानासाहको आरोप लागेकी शेखको पारिवारिक पृष्ठभूमि र उनको विगत हेर्दा पूर्ण रूपमा प्रजातन्त्रका लागि समर्पित नाम हो। सेख हसिना बङ्गलादेशलाई पाकिस्तानबाट स्वतन्त्र गराउने शेख मुजीवर रहमानकी छोरी हुन्।

विपक्षीबाट तानासाहको आरोप लागेकी शेखको पारिवारिक पृष्ठभूमि र उनको विगत हेर्दा पूर्ण रूपमा प्रजातन्त्रका लागि समर्पित नाम हो।

सन् १९७५ मा सेनाबाट उनको परिवारकै हत्या हुँदा वाजेद भने भाग्यवश युरोप भ्रमणमा थिइन्। सन् १९४७ मा पूर्वी पाकिस्तानमा जन्मिएकी हसिना आमा बाबुको पाँच सन्तान मध्येकी जेठी हुन्। उनले आफ्नै बाबु र उनका सहकर्मीबाट धेरै कुराको ज्ञान लिँदै राजनीतिको सामान्य ज्ञान लिएकी थिइन्।

भारतमा निर्वासनमा रहेकी उनी सन् १९८१ मा बङ्गलादेशमा फर्किएर बीएनपी नेता तथा खालीदा जीयासँग हात मिलाएर प्रजातान्त्रिक आन्दोलनको सुरुवात गरेकी थिइन्। त्यो आन्दोलनले सन् १९९० मा हुसेन मोहम्मद एर्सादलाई सत्ता च्युत गरेको थियो।

त्यसपछि नै यी दुई बिचमा तनाव सिर्जना भएको हो। सन् १९९१ मा जिया प्रधानमन्त्री हुँदै हसिना बङ्गलादेशको पहिलो तथा मुस्लिम राज्यको दोस्रो महिला प्रधानमन्त्री भइन्।

सन् १९९६ मा शेख हसिनाले सत्ता हात पारेकी थिइन्। त्यसको पाँच वर्षपछि नै उनले पराजयको सामना गरिन्।

सन् २००७ मा सेना समर्पित सरकारले यी दुवैलाई भ्रष्टाचारको आरोप लगाएको थियो। त्यसको एक वर्ष पछि उनीहरू माथि लागेको प्रतिबन्ध फुकुवा भएको थियो। सो निर्वाचनमा हसिनाले जित हात पारिन्। त्यसपछि लगातार सत्तामा रहेकी छन्।

सन् २००७ मा सेना समर्पित सरकारले यी दुवैलाई भ्रष्टाचारको आरोप लगाएको थियो। त्यसको एक वर्ष पछि उनीहरू माथि लागेको प्रतिबन्ध फुकुवा भएको थियो।

यसपछि सेख हसिना एकाएक प्रजातन्त्रको मिथकबाट तानासाहमा परिणत भएकी थिइन्। सन् २०१८ मा नै १७ वर्ष जेल शासन सुनाइएकी बीएनपी जिया त्यसै कारण विभिन्न स्वास्थ्य समस्या बोकी रहेकी छिन्। बीएनपीका धेरै जना जेलमा छन् भने जियाका छोरा तारिक रहमान अहिले विदेशमा निर्वासनमा छन्।

तानासाहको आरोप लागेकी उनै सेख हसिनाको कारण बङ्गलादेशले ठुलो आर्थिक फड्को मारेको छ। त्यसै फड्कोको सन् २००९ देखि अहिलेसम्म बङ्गलादेशको आर्थिक विकास दूरगामी प्रगतितर्फ लम्किएको छ।
अहिले उनी माथि सन् १९८१ पछि सबै भन्दा बढी मानवता विरोधी अपराध गरेको आरोप लागेको छ।

रुस युक्रेन युद्धपछि संसारको अन्य देशको आर्थिक अवस्था जस्तै त्यहाँको आर्थिक अवस्था पनि केही समय यता ओरालो लागेको छ। अमेरिका लगायत पश्चिमा देशले प्रतिबन्ध लगाएका छन्।

हसिनाकी विरोधी बीएनपी नेतृ जिया सन् १९८१ मा पति जीयाउर रहमानको हत्या भएपछि राजनीतिमा प्रवेश गरेकी हुन्। सन् १९४५ मा जन्मिएकी जियाले बङ्गलादेशको प्रजातन्त्रका जिआउर रहनासँग सन् १९६० मा विवाह गरेकी हुन्। सन् १९७७ मा जिआउर राष्ट्रपति भए पनि त्यसको चार वर्षपछि नै सेनाबाट मारिए।

हसिनाकी विरोधी बीएनपी नेतृ जिया सन् १९८१ मा पति जीयाउर रहमानको हत्या भएपछि राजनीतिमा प्रवेश गरेकी हुन्।

हुसेन मोहम्मदले सत्ता हातमा लिएको दुई वर्षपछि जिया बीएनपीकी अध्यक्ष भएकी थिइन्। सन् १९९६ मा आवामी लिगबाट पराजित उनी सन् २००१ मा फेरि सत्तामा फर्कन सफल भइन्।

सन् २००६ मा निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न असफल भएपछि उनले काम चलाऊ सरकारका लागि बाटो खुला गरेकी थिइन्। सन् २०१४ मा निर्वाचन बहिस्कार गरेकी जीयाको जिन्दगीमा धेरै कुरा विवादमा आए।

सन् २००४ मा आयोजना भएको हसिनाको प्रदर्शनमा आक्रमण गरेको आरोप उनीहरूको आमा छोरालाई नै लागेको थियो। त्यसमा २४ जनाको ज्यान गएको थियो। सन् २००४ मा भएको एक विस्फोटमा संलग्न भएको भन्दै तारिकलाई जन्म कैदको सजाय सुनाइएको थियो।

प्रजातन्त्रका लागि कुनै समय हात मिलाएका यी दुई महिला एक तानासाह र अर्को भ्रष्टाचारीको छवि बनाएर बसेका छन् ।

सन् २०१८ मा जीयालाई भ्रष्टाचारको आरोपमा पाँच वर्ष जेल सजाय सुनाइएको थियो। पछि त्यसै आरोपमा समय थपेर १० वर्ष बनाइएको थियो। त्यसपछि नै जेलमा बिताएकी जियाको स्वास्थ्य अवस्था एकदमै खराब छ। उनको दल बीएनपीले लगातार सत्ताको विरोध गरेपछि सेख हसिना हलचल हुने छैनन्।

प्रजातन्त्रका लागि कुनै समय हात मिलाएका यी दुई महिला एक तानासाह र अर्को भ्रष्टाचारीको छवि बनाएर बसेका छन्। स्रोतः भ्वाइस अफ अमेरिका, बीबीसी, अल जजीरा र विओन

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ४४ बजे

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित