प्रधानमन्त्री मोदीले यूएईमा भारतीय समुदायलाई सम्बोधन गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री मोदीले यूएईमा भारतीय समुदायलाई सम्बोधन गर्ने


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा भारतीय समुदायलाई सम्बोधन गर्ने भएका छन् । आगामी यूएई भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले फेब्रुअरी १३ मा अबु धाबीमा रहेका भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अबु धाबीको शेख जइद रंगशालामा मोदीले भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रमलाई ‘अहलन मोदी’ को नाम दिइएको छ । कार्यक्रम हेर्न र मोदीको सम्बोधन सुन्न हजारौँ भारतीय आउने र रंगशाला भरिभराउ हुने अपेक्षा गरिएको छ ।

त्यसबाहेक ३५० भन्दा धेरै भारतीय समुदायका अगुवाहरु पनि कार्यक्रममा उपस्थित हुने एएनआईले जनाएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि स्वयंसेवक समितिहरु पनि गठन गरिएको छ ।

सन् २०१४ मा प्रधानमन्त्री बनेयता मोदीले ६ पटक यूएईको भ्रमण गरिसकेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १ : ३० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय