प्रधानमन्त्री मोदीले यूएईमा भारतीय समुदायलाई सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्री मोदीले यूएईमा भारतीय समुदायलाई सम्बोधन गर्ने


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा भारतीय समुदायलाई सम्बोधन गर्ने भएका छन् । आगामी यूएई भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले फेब्रुअरी १३ मा अबु धाबीमा रहेका भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अबु धाबीको शेख जइद रंगशालामा मोदीले भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रमलाई ‘अहलन मोदी’ को नाम दिइएको छ । कार्यक्रम हेर्न र मोदीको सम्बोधन सुन्न हजारौँ भारतीय आउने र रंगशाला भरिभराउ हुने अपेक्षा गरिएको छ ।

त्यसबाहेक ३५० भन्दा धेरै भारतीय समुदायका अगुवाहरु पनि कार्यक्रममा उपस्थित हुने एएनआईले जनाएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि स्वयंसेवक समितिहरु पनि गठन गरिएको छ ।

सन् २०१४ मा प्रधानमन्त्री बनेयता मोदीले ६ पटक यूएईको भ्रमण गरिसकेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १ : ३० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक