एसीसी महिला प्रिमियम कप : नेपालले आज माल्दिभ्ससँग खेल्दै « Khabarhub

एसीसी महिला प्रिमियम कप : नेपालले आज माल्दिभ्ससँग खेल्दै


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल मलेसियाको वाईएसडी ओभलमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपाल आजको खेल जित्दै समूह विजेता बन्ने लक्ष्यमा छ । यता माल्दिभ्स भने यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८–८ विकेटको जित हासिल गरेको थियो भने माल्दिभ्स भुटानसँग ९४ रन तथा हङकङसँग १७२ रनले पराजित भएको थियो ।

यस्तै, आजै समूह ‘डी’ को भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन् । यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ७ : ५६ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज