एसीसी महिला प्रिमियम कप : नेपालले आज माल्दिभ्ससँग खेल्दै « Khabarhub

एसीसी महिला प्रिमियम कप : नेपालले आज माल्दिभ्ससँग खेल्दै


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल मलेसियाको वाईएसडी ओभलमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपाल आजको खेल जित्दै समूह विजेता बन्ने लक्ष्यमा छ । यता माल्दिभ्स भने यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८–८ विकेटको जित हासिल गरेको थियो भने माल्दिभ्स भुटानसँग ९४ रन तथा हङकङसँग १७२ रनले पराजित भएको थियो ।

यस्तै, आजै समूह ‘डी’ को भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन् । यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ७ : ५६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको