आजका समाचार : माओवादीको विधान अधिवेशनदेखि दुर्गा प्रसाईँको सभासम्म  | Khabarhub Khabarhub

आजका समाचार : माओवादीको विधान अधिवेशनदेखि दुर्गा प्रसाईँको सभासम्म 


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा माओवादीको प्रथम विधान अधिवेशन सुरु, सबै क्रान्तिकारी एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान,  रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाएको सहकारीको प्रतिवेदन, भृकुटीमण्डपमा दुर्गा प्रसाईँको विरोध प्रदर्शन,  रोजगारीका लागि बेलायत जाने ४२ जना नर्सहरूको नाम सार्वजनिक, हेटौँडा सवस्टेसन निर्माणको काम अन्तिम चरणमा, अमेरिकी सिनेटद्वारा युक्रेन सहायता विधेयक पारित लगायत रहनेछन् ।

माओवादीको प्रथम विधान अधिवेशन, २० समूहमा छलफल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन शुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गरे ।

पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल गरिने बताए । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ ।


तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरूप दिइनेछ ।

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि

सबै क्रान्तिकारी एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजिटल वक्तृत्वकला’ का विजेतालाई पुरस्कार वितरण

परिवर्तनकारी शक्तिहरू गोलबन्द हुनपर्छ : प्रधानमन्त्री

जनयुद्ध युगान्तकारी परिवर्तनको निम्ति निर्णायक : नारायणकाजी श्रेष्ठ

लघुवित्त र सहकारी पीडितलाई न्याय दिन सक्रिय छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफू सक्रिय भइरहेको बताएका छन् ।

आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।


भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु, तपाईँहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंग्याउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग चाहियो।

यस्तो छ रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाएको सहकारीको प्रतिवेदन

जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् :  प्रधानमन्त्री

पीडितलाई अन्याय हुने गरी सङ्क्रमणकालीन न्यायको काम हुँदैन : ओली

नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो : राष्ट्रपति पौडेल

खाद्यान्नबालीमा आत्मनिर्भर बनाउने सरकारको मूल लक्ष्य : कृषिमन्त्री

अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख :अर्थमन्त्री

भृकुटीमण्डपमा दुर्गा प्रसाईँको विरोध प्रदर्शन 
भृकुटिमण्डपमा दुर्गा प्रसाईँको विरोध प्रदर्शन सुरु भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईँको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन सुरु भएको हो ।


राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।

दुर्गा प्रसाईंको घट्दो शक्ति :  बल्खुमा ७, भृकुटीमण्डपमा ३ हजार

‘नेपाल विश्वविद्यालय विधेयक’मा संशोधनकर्तासँग छलफल

रोजगारीका लागि बेलायत जाने ४२ जना नर्सहरूको नाम सार्वजनिक

निपोनको उत्पादन लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक

हेटौँडा सवस्टेसन निर्माणको काम अन्तिम चरणमा
मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण एवं आधुनिकीकरणका लागि महत्वपूर्ण मानिएको मकवानपुरमा निर्माणाधीन चार सय केभी क्षमताको सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा सो सवस्टेशन निर्माणाधीन छ । हेटौँडा सवस्टेसनमा ४००(२२० केभी, २२०-१३२ केभी र १३२-११ केभी सवस्टेसन निर्माणाधीन छन् ।

कान्ति बाल अस्पतालको फोहोर महानगरले नउठाउने

अध्यागमनले बिहान ८ देखि राति ८ बजेसम्म सेवा दिने

कोरिया-नेपाल मोडेल डेरी भिलेज उद्घाटन

परीक्षण उडानमै सीमित मनाङको हुम्डे विमानस्थल

पाल्पामा जिप दुर्घटना, ८ जनाको मृत्यु

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

खेलकुद…

महिला क्रिकेटमा माल्दिभ्समाथि नेपालको कीर्तिमानी जित
एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

यसमा नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीको कीर्तिमानी शतक सामेल थियो । उनले अविजित एक सय १८ रन बनाइन् ।

मलेसियाको क्वालालम्पुरमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर दुई सय २७ रन बनायो ।

अन्तर्राष्ट्रिय…

अमेरिकी सिनेटद्वारा युक्रेन सहायता विधेयक पारित
अमेरिकी सिनेटले मङ्गलबार युक्रेनका लागि ६० अर्ब डलरको कोषसम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ । यद्यपि हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले रिपब्लिकन नेतृत्वको सदनले उक्त विधेयकलाई अस्वीकार गर्ने सङ्केत गरेका छन् ।

९५ अर्ब डलरको प्याकेजमा इजराइलको सेना र प्रमुख रणनीतिक सहयोगी ताइवानका लागि कोष समावेश छ तर ठूलो हिस्सा अर्थात ६० अर्ब डलरले युक्रेनले युद्धको तेस्रो वर्षमा प्रवेश गर्दा समाप्त भएको गोला बारुदको आपूर्ति, हतियार तथा अन्य महत्त्वपूर्ण आवश्यकता पूरा गर्न सहयोग गर्नेछ ।

श्रीलंकाले शिक्षा प्रणालीमा एआई पाठ्यक्रम लागू गर्ने

जेलमा रहेका पूर्व थाइ प्रधानमन्त्री थाक्सिन रिहा हुने

अयोध्या राम मन्दिरमा भक्तजनको बाक्लो आगमन

रफाहमा सैन्य कारबाही रोक्न इजराइललाई चिनको आग्रह

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ७ : ५९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको