तिमीलाई सम्झाउन सकिनँ प्रिय !, विषय जित हारको होइन : रेशम चौधरी « Khabarhub

तिमीलाई सम्झाउन सकिनँ प्रिय !, विषय जित हारको होइन : रेशम चौधरी


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टीको आन्तरिक विवादलाई पुष्टि गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत वर्तमान राजनीतिक परिस्थितिका बारेमा धारणा सार्वजनिक गर्दै पार्टी अध्यक्ष तथा पत्नी रञ्जिता चौधरी (श्रेष्ठ) लाई सम्झाउने प्रयास गरेका छन् ।

सत्ता समीकरण परिवर्तन भएसँगै नाउपाको आन्तरिक विवाद सतहमा आएको हो । पार्टीका संस्थापक रेशम वर्तमान सरकारको विपक्षमा रहँदा अध्यक्ष रञ्जिताले भने प्रधानमन्त्री दाहालले आज लिने विश्वासको मतको पक्षमा मत दिन ह्वीप जारी गरेकी छिन् ।

यसै प्रसङ्गमा चौधरीले मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय भन्दै विषय हार जितको नभएको बताएका छन् ।

उनले आज जिते प्रचण्ड र ओली तथा भोलि फेरी देउवा जित्लान् भन्दै सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो भनेर सम्झाउने प्रयास गरेका छन् ।

उनले कसैको पछाडि नलागी पार्टी निर्माणमा जुट्न आग्रह पनि गरेका छन् ।

उनले भनेका छन्, ‘ सन्दर्भ घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो । आज पनि हेर्नुस्– एमाले, माओवादी कांग्रेस । यी ठूला दलका नेता, कार्यकर्ता, सांसद कतै चलमलाएका छन् र ? तर एकीकृत समाजवादी समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुइँचालो गएको छ ? त्यसैले कुरा बुझौँ, कुनै पनि गठबन्धनका पछाडि नलागौँ ।’

उनले केन्द्रीय कमिटीको बहुमतले गरेको निर्णय सबैले मान्नुपर्ने चेतावनी दिँदै नमान्नेलाई कारबाही हुने समेत स्मरण गराएका छन् । नाउपा केन्द्रीय समितिले रञ्जिता चौधरीले जारी गरेको ह्वीपलाई अधिकार बाहिरको कुरा भनेको छ ।

उनले रञ्जितालाई आफूले सम्झाउन नसकेको दुखेसो पोखेका छन् । उनले भनेका छन्, ‘मेरा कारण लाखौँ जनताको मन दुखेको मलाई अनुभूत भएको छ, त्यसकारण म क्षमा चाहन्छु । तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन ।’

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ८ : ४९ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६