देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३० लाख रुपैयाँ बराबरको क्षति « Khabarhub

देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३० लाख रुपैयाँ बराबरको क्षति


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

पाँचथरकाे याङवरक गाउँपालिका-३ बानियाडाँडास्थित सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने इन्दिरा बराइलीको घर र गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यसैगरी, भोजपुरकाे भोजपुर नगरपालिका-२ चङखुले बस्ने ३४ वर्षीय युवराज राईको घरमा सोलारको तार सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, धादिङकाे सिद्धलेक गाउँपालिका-२ कुवापानीटारस्थित आरबोटे सामुदायिक वनमा मंगलबार साँझ लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ७० वर्षीय हर्क बहादुर श्रेष्ठको गोठ र कुखुरा फर्ममा समेत आगलागी हुँदा २ वटा गोठ, कुखुरा फर्म, मोटरसाइकल १ थान, हाते ट्याक्टर १ थान र टिभी १ थान जलेर नष्ट भएको छ ।

मकवानपुरकाे कैलाश गाउँपालिका-७ बिथली बस्ने इमानसिङ प्रजाको घरमा मंगलबार राति आगलागी भई सोही ठाउँ बस्ने प्रतापसिङ प्रजाको घरमा समेत आगलागी हुँदा दुवै जनाको घर पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : ०१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको