जनताका अधिकारलाई कार्यान्वयनमा उतारौँ : नेता सिटौला | Khabarhub Khabarhub

जनताका अधिकारलाई कार्यान्वयनमा उतारौँ : नेता सिटौला


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानमा उल्लेख जनताका अधिकारलाई कार्यान्वयनमा उतार्नुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै सिटौलाले संविधान उल्लेखमा जनताका स्वास्थ्य, शिक्षालगायतका अधिकारलाई कार्यान्वयनमा उतार्नुपर्ने बताएका हुन् ।

उनले संविधान जारी गर्दासम्म सहमतिका आधारमा देशलाई अघि बढाएको भन्दै संविधान जारी भए पनि दलहरुबीचको सहकार्य टुट्दै गएको र स्वार्थ हाबी भएकाले आत्मसमिक्षा गर्नुपर्ने धारणा राखे ।

दलहरूको निजी स्वार्थका कारण संविधान बनेको लामो समय हुँदा पनि रित्तो हात बस्नुपरेको उनको भनाइ छ ।

उनले सत्ता र प्रतिपक्षीलाई एक ठाउँमा राखेर देशको साझा मुद्दामा एक हुनुपर्ने धारणा राखे। उनले नेपाली नागरिक जुनसुकै देशका सेनामा भर्ती हुन सक्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए ।

त्यस्तै राष्ट्रियसभा सदस्य झक्कु सुवेदीले संविधान जारी भएपछि अहिले प्रतिक्रान्तिका झिल्काहरु देखापरेको बताए । सरकार निरन्तर परिवर्तन हुन सक्ने भन्दै प्रतिक्रान्तिका झिल्काहरूलाई निष्तेज पार्न सबै दलहरू एक हुनुपर्ने उनले बताए ।

त्यस्तै राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले कानून निर्माण, अर्थतन्त्र, युवा पलायन लगाएका मुद्दामा सत्तापक्ष र प्रतिपक्षी एक भएर अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रियसभामा विभिन्न विधेयकका साथै संकल्प प्रस्ताव प्रस्तुत भएको भन्दै त्यसमा सरकारलाई दिएका निर्देशनको जानकारी लिनुपर्ने धारणा राखे ।

स्तरीय कानून निर्माण गर्ने क्रममा राष्ट्रियसभाको भूमिका महत्त्वपूर्ण रहेकाले यसमा अध्यक्षले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ३७ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार