संविधानको रक्षाका लागि जे गर्न पनि तयार छु : प्रधानमन्त्री « Khabarhub

संविधानको रक्षाका लागि जे गर्न पनि तयार छु : प्रधानमन्त्री


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सरकार सञ्चालनका क्रममा असहजता महसुस गरेपछि गठबन्धन परिर्वतन गर्नु परेको बताएका छन् ।

प्रतिनिधिसभाको आजका बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै सरकार सञ्चालनलाई प्रभावकारी बनाउन गठबन्धन परिर्वतन गर्नुपरेको स्पष्ट पारे।

संसद्मा विश्वासको मतमाथि पक्ष-विपक्षमा भएका छलफलले सदनलाई थप जीवन्त बनाएको उल्लेख गर्दै यसले लोकतान्त्रिक व्यवस्थालाई योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

‘विश्वासको मत दिनुहुन्छ भने दिनुहोस्, नेपाली जनताले देख्ने गरी काम गर्नेछौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘संविधान र लोकतन्त्र रक्षा हुने गरी काम गर्छौ, त्यसका लागि म दायाँ वा बायाँ जता जानुपरे पनि तयार छु ।’

पक्ष र विपक्षका बहस सदनको सम्पत्ति

प्रधानमन्त्री दाहालले विश्वासको मतमाथिको प्रस्तावका पक्ष र विपक्षमा भएका बहस सदनको सम्पत्ति भएको बताएका छन्। प्रधानमन्त्रीले सदनमा भएको यस बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गरे । 

उनले भने, “सबै राजनीतिक दललाई गठबन्धन गर्न छुट छ, जनताको पक्षमा जे फाइदा हुन्छ, त्यही गर्ने हो । सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्दछु, राजनीतिक बुझाइअनुसार जनताको पक्षमा गठबन्धन बनाउने हो, त्यो सबैलाई स्वतन्त्र छ ।” 

राष्ट्र र जनताको पक्षमा आफूले गठबन्धन गरेको स्पष्ट पार्दै उनले सोचेविचार गरेर जनताको आशा र अपेक्षालाई सम्बोधन गर्नका लागि नयाँ समीकरण बनाएको पनि स्पष्ट गरे । सबै मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्षपछि स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि भन्ने आफूले नठानेको बताए। 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : २६ बजे

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्य प्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार