आईपिएल : लखनउमाथि दिल्लीको शानदार जित | Khabarhub Khabarhub

आईपिएल : लखनउमाथि दिल्लीको शानदार जित


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले शानदार जित निकालको छ। लखनउ सुपर जाइन्टमाथि दिल्लीले ६ विकेटको जित निकालेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको लखनउले ७ विकेटको क्षतिमा १६७ रन बनाएको थियो। १६८ रनको चुनौती पाएको दिल्लीले १८.१ ओभरमा ४ विकेटको क्षतिमा १७० रन बनाउँदै ६ विकेटको शानदार जित निकालेको हो।

दिल्लीको जितका लागि जेक फ्रेजर म्याकगुर्कले अर्धशतकीय इनिङ खेले। उनले ३५ बलमा ५५ रन जोड्दा कप्तान ऋषभ पन्तले ४१ रन बनाए। ओपनर पृथ्वी शा ३२ रन बनाएर आउट हुँदा डेबिड वार्नरले ८ रनमात्र जोडे। दिल्लीका ट्रिस्टन स्टब्स र साई आशा नटआउट १५ र ११ रनमा समेटिए।

दिल्लीलाई रोक्न लखनउका लागि रवि विश्नोईले दुई विकेट हात पारे भने यश ठाकुर र नवीन उलहकले समान एकएक विकेट लिए।

सुरुमा ब्याटिङ गरेको लखनउका लागि आयुष बडोनीले नटआउट अर्धशतकीय इनिङ खेले। ३५ बलमा उनले ५५ रन पुरा गरेका हुन्। कप्तान केएल राउलले २२ बलमा ३९ रन बनाए। आदर्श खानले नटआउट २० रन बनाउँदा क्विन्टन डि ककले १९ रन जोडे।

लखनउलाई सस्तैमा समेट्न दिल्लीका लागि कुलदीप यादवले तीन विकेट लिए। उनी खेलको म्यान अफ द म्याच बने। खलील अहमदले दुई विकेट हात पार्दा ईशान्त शर्मा र महेश कुमारले एकएक विकेट लिए।

शुक्रबारको खेलमा विजयी भएसँगै दिल्लीले ६ खेलमा दुई जितसहित ४ अंक जोडेको छ। दिल्ली अन्तिमबाट दोस्रो स्थानमा छ। पाँच खेल खेलेको लखनउ तीन जितसहित ६ अंकका साथ तालिकाको चौंथो स्थानमा छ।

आईपिएल अन्तर्गत शनिबार एक खेल हुँदैछ। साँझ ७:४५ मा हुने खेलमा पञ्जाब किंग्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ६ : १० बजे

शिवम् सिमेन्ट्सको लाभांश घोषणा

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०८१–०८२को मुनाफाबाट आफ्ना

अर्थमन्त्रीले भने- निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षासहित सुरक्षा भावनालाई मजबुत

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

तेल अभिभ – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने

लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस दिने

काठमाडौं– लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१–०८२ को

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भिडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक