एसीसी प्रिमियर कप : आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

एसीसी प्रिमियर कप : आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको नेपालले शनिबार दोस्रो खेल खेल्दैछ। शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। ओमानमा जारी प्रतियोगितामा शनिबार दिउँसो ४:१५ बजे नेपालले कतारको सामना गर्नेछ। शुक्रबार मलेसियाविरुद्धको पहिलो जितसँगै नेपालले समूह ‘ए’ मा २ अंक जाडेको छ।

नेपालको विजयी सुरुवात
शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गरेको हो। नेपालका लागि कुशल भुर्तेलले २४ बलमा तीन चौकासहित २४ रन बनाए। आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए। सात बलको सामना गरेका गुल्सन झाले दुई छक्का र एक चौकासहित नटआउट १९ रन बनाए।

कप्तान रोहित पौडेलेले २८, दिपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए। सन्दीप जोारा १२ रनमा नट आउट रहे।

मलेसियाका लागि विरनदीप सिंहले ३ तथा मोहम्मद वाफिक र पवनदीप सिंहले एक–एक विकेट लिए।

टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए। त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट हात पारे।

प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले तेस्रो खेल वैशाख ३ गते हङकङसँग र चौथो खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ। यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल वैशाख ९ गते हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ६ : २८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु