राष्ट्रसंघीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त « Khabarhub

राष्ट्रसंघीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

संयुक्त– संयुक्त राष्ट्रसंघका मानवीय सहायताकर्मीहरूले पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) हिंसाबाट गोमा तथा वरपर शरण लिइरहेका पाँच लाखभन्दा बढी विस्थापित व्यक्तिहरूको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गोमा र वरपर विस्थापित मानिसहरूले सामना गर्ने अनिश्चित अवस्था र बढ्दो खतराहरूले चिन्ता बढाएको बताएको छ ।

उत्तरी किएभको मासिसी र रूत्सुरू क्षेत्रमा कङ्गोली सेना र सशस्त्र समूहबीचको झडपबाट भागेर पाँच लाखभन्दा बढी मानिसहरू वरपरका स्थानमा विस्थापितका रूपमा रहेको ओसिएचएले जनाएको छ । गत मार्चको सुरुदेखि गोमालगायतका स्थानमा गोलाबारी र आकस्मिक विस्फोटका घटनामा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

पूर्णरूपमा विस्थापित मानिसहरूलाई बढ्दो जोखिममा पार्दै शिविरभित्र हतियारको उपस्थिति प्रयोगसमेत बढेको ओसिएचएले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १ : १५ बजे

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला

सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक (तस्बिरहरू)

मोरङ– दुई समुदायबीच सुनसरीमा हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख